– शेर बहादुर शाह
“हिन्दुओं कि उत्थान और पतन” भन्ने पुस्तकका लेखक रजनीकान्त शास्रीका अनुसार मुगल शासनको प्रहरीको हिरासतमा हुँदा जबर्जस्तीसँग गाईको मासु कोच्याइएका कारणबाट आफ्नो घरपरिवारबाट बष्हिकृत हुन गएको पहिलो व्यक्तीका सन्तानहरु नै हिन्दु हुनुका बाबजुद गाई गोरुको मासु खाने हिन्दु समाजका दलितहरु रहेछन्।
मुगल शासनको प्रहरी हिरासतमा हुँदाखेरि सजाय स्वरुप टाउकाेमा मलमुत्रको बर्तन बोक्न लगाइएका ब्यक्तीबाट नै भंगी जाती र समाजको निर्माण हुन गएको रहेछ, बादशाहहरुले सुन्दर महिला देख्ने बित्तिकै समातेर आफ्नो दरबारमा हुल्न लगाएका कारणबाट नै मुस्लिम महिलाले बुर्का लगाउने चलन चलेको रहेछ।
समाजको बहुमतले स्वीकार गरेपछि विकृति पनि संस्कृतिको रुपमा स्थापित हुन सक्छ। धेरै पटक वा धेरै पुस्ताले निरन्तरता दियो भने भंगीको जस्तो अपमान सहने संस्कार पनि संस्कृति को रुपमा स्थापित हुन सक्छ भनेर शास्त्रीजीले दाबी गर्नु भएको छ।
यो प्रसँग मलाई अपराध,अन्याय र अपमानलाई पचाउने संस्कृति बसालिसकेका नेपालका गणतन्त्रवादी नेताहरुका सन्दर्भमा नै याद आएको हो, सत्रह हजार जनताका हत्यारालाई माफी दिन लाज नमानेका काँग्रेस र एमालेका निम्ति आर्थिक भ्रष्टाचार र प्रशासनिक पक्षपात त कुनै ठूलो मुद्दा नै होइन, निर्दोष जनतालाई होइन अपराधीलाई प्रोत्साहित गर्ने काँग्रेस, एमाले र माओवादीको प्रयत्नबाट कानुनी राज्य कहिल्यै पनि स्थापित हुन सक्ने छैन, कानुनी राज्यको स्थापना कै निम्ति राजतन्त्रको पुनर्स्थापना अत्यावश्यक बन्न गएको छ।
(शाहको फेसबुक वालबाट साभार)