बीरगंज १० जेष्ठ
हिन्दू परिषद नेपाल द्वारा भारतमा सम्पन लोकसभा निर्वाचनमा ऐतिहासिक जीत हासिल गरेकोमा मित्र रास्ट्र भारतका सम्माननीय प्रधानमंत्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका राष्ट्रीय अध्यक्ष अमित शाह लाई बधाई एंवम शुभकामना दिएको छ।परिषदका राष्ट्रीय अध्यक्ष संतोष पटेलको नेतृत्वमा आज भारतीय महावाणिज्य दूतावास बीरगंज गएको टोलीले दूतावासका प्रमुख बी. सी. प्रधान मार्फत मोदी लाई शुभकामना एवम बधाई पत्र प्रदान गरेका थिए।उक्त अवशरमा प्रमुख प्रधान र सीनियर काउन्सलर बिनोद लोशाली लाई सम्मान समेत गरेको थियो।साथै दूतावासका कर्मचारी लाई मिठाई बितरण गरी खुशयाली ब्यक्त गरेका थिए।मोदीको पुन:गामनले नेपाल र भारतको सम्बन्ध नया उचाई हासिल गर्ने बिस्वास परिसदले लिएको छ।दुबै देश बिच रहेको रोटिबेटी, सामाजिक,धार्मिक,सास्कृतिक मात्र नभई रंगतको नाता समेत रहेको पटेलले बताए।पटेल नेतृत्वमा दूतावास गएको टोलीमा हिन्दू परिषद नेपालका केन्द्रिय कोषाध्यक्ष संजय सरार्फ,केन्द्रिय सदस्यहरु श्रीराम उपाध्याय, सुरेश साह कानू, चित्तरंजन श्रीवास्तव,भरत सरार्फ,हिन्दू युवा परिषदका केन्द्रिय अध्यक्ष सचितनन्द दुबे,प्रबक्ता उमेश साह कानू, पर्सा जिल्ला सचिव रंजीत चौरशिया सहभागी रहेका थिए।

एकैपटक आठै एआईजीको सरुवा, सीआईबीदेखि उपत्यका प्रहरीसम्म नेतृत्व फेरबदल
काठमाडौं । सरकारले नेपाल प्रहरीका जनपदतर्फका आठै जना अतिरिक्त महानिरीक्षक















