बीरगंज १० गते जेष्ठ ।
राष्ट्रिय निजी तथा आवासीय बिधालय एसोसिएसन नेपाल प्रदेश नं. २ ले बिधालयका प्रिन्सिपलहरुलाई बीरगंजको होटेल अन्नपुर्णमा एक दिवसीय लिडर सीप एण्ड स्कुल मैनेजमैण्ट टे«नि¨ कार्यक्रमको आयोजना गरयो ।
सो एक दिवसीय लिडर सीप एण्ड स्कुल मैनेजमैण्ट टे«नि¨ कार्यक्रममा सहभागी पर्सा, बारा, रौतहट, सर्लाही र प्रदेश नं. २ का पदाधिकारीहरुलाई समेत नेपालकै चर्चित मोटिभेशनल टे«नर रबिन कटवालले प्रशिक्षण दिनु भएको थियो ।
उक्त कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय निजी तथा आवासीय बिधालय एसोसिएसन नेपालका राष्ट्रिय अध्यक्ष ऋषिराज सापकोटले आज पानसमा दिप प्रज्जवलित गरी कार्यक्रमको समुदघाटन गर्नु भयो ।
भने कार्यक्रमका बिशेष अतिथी बीरगंज महानगरपालिकाका शिक्षा ईकाइ महा शाखाका शिक्षा प्रमुख अरबिन्द लाल कर्णले महानगर भित्र संचालनमा रहेको प्राईबेट स्कुललाई थप ब्यवस्थित र सुदृढिकरण गर्नकालागी नै म आए देखी अहिले सम्म नया“ स्कुल दर्ता नगरेको बताए ।
स्थानिय बिधालयका प्रिन्सिपलले अभिभावक र बिधार्थीको ईच्छा, आकांक्षा र चाहाना अनुरुप बिधालय संचालन गरेर अगाडी बढे मात्र प्रिन्सिपल र बिधालयको पनि भबिष्य उज्जवल हुनुको साथै समाजमा मान समान र प्रतिष्ठा पाउने जनाए ।
उक्त कार्यक्रमका अतिथी एन.प्याब्सनका पुर्व उपाध्यक्ष पाण्डव हमाल, के.स.नारायाण शर्मा, पुर्व के.स.चन्द्रिका प्रसाद, इनरदेव साह, राम प्रसाद अधिकारी, अलि महम्मद, शुसिल भट्टराई, जितेन्द्र कुमार, पर्सा जिल्ला अध्यक्ष रामचन्द्र चौधरी, बारा जिल्ला अध्यक्ष प्रभु साह, रौतहट जिल्ला अध्यक्ष…., सर्लाही जिल्ला अध्यक्ष राजु कार्की, पर्सा सचिव प्रमोद रायमाझी, रिपोर्टस क्लब नेपाल म.क्षे.संयोजक कन्हैया गुप्ता, संचारकर्मी बिजय भण्डारी समेत रहनु भएको थियो ।
भने कार्यक्रमको संयोजक राष्ट्रिय निजी तथा आवासीय बिधालय एसोसिएसन नेपाल प्रदेश नं. २ का अध्यक्ष जय प्रकाश चौधरीको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको थियो । भने कार्यक्रममा स्वागत भाषण पर्साका अध्यक्ष रामचन्द्र चौधरीले र कार्यक्रमको संचालन प्रदेश नं. २ का सचिव नन्दन यादबले गर्नु भएको थियो ।