Wednesday, November 27, 2024
घरसमाचारकर्मचारी समायोजन नहुँदा वीरगंजको विकास भएनः मेयर सरावगी

कर्मचारी समायोजन नहुँदा वीरगंजको विकास भएनः मेयर सरावगी

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, ६ जेष्ठ/
वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थाबारे जानकारी गराउँदै संघीय सरकारले समयमै कर्मचारी समयोजनको कार्य नगरेको कारण विगतको २० महिनामा अपेक्षाकृत उपलब्धी हासिल हुन नसकोको बताउनु भएको छ ।

आगामी आर्थिक वर्ष २०७६/०७७ को वार्षिक बजेटबारे वीरगंज महानगरपालिकाले सरोकावाला निकाय र विज्ञहरूसँग छलफल तथा राय सुझाव संकलन गर्न सोमवार आयोजना गरेको कार्यक्रममा बोल्नु हुँदै मेयर सरावगीले सो कुरा बताउनु भएको हो ।

उहाँले संघ र प्रदेश सरकारको स्थानिय सरकारसंगको समन्वय भूमिकाका कमीले एउटै स्थानमा तिनवटै निकायबाट बजेट निकासा भएका कारण करोडौं रुपैया फ्रिज हुने अवस्था रहेकोमा दुखेसो व्यक्त गर्नुभयो ।

महानगरपालिकाको सभाकक्षमा आर्थिक वर्ष ०७६/०७७ को बजेट निर्धारणबारे सरोकारवालाहरुसँग छलफलका क्रममा प्रदेश सभाका सदस्य एवम योजना आयोगका सदस्य, वीरगंज उद्योग वाणिज्य संघका पदाधिकारी, उद्योगपति, व्यापारी तथा विभिन्न दलका प्रतिनिधिहरुको उपस्थिति रहको थियो ।

कार्यक्रममा सहभागीहरुले करको दायरालाई बढाउदै अटेरी गर्ने करदाताहरुलाई कानुनी दायरामा आउन बाध्यत्मक पार्ने तर्फ महानगरपालिकाले बिभिन्न अभियान चलाउन सुझाव दिएका थिए ।

वीरगंज उद्योगवाणिज्य संघका पूर्वअध्यक्ष गणेश लाठ, अशोक बैद्य, बरिष्ट उपाध्यक्ष सुबोध गुप्तालगायतका पदाधिकारीले महानगरपालिकाबाट प्रदान गरिने नक्सापास, घरबहाल कर, व्यवसायकर लगायतका कर असुली प्रणालीको दायरालाई बढाउदै करअसुलीलाई अझ प्रभावकारी बनाउन विभिन्न सुझाव दिनु भएको थियो ।

यसैगरी प्रदेश सभा सदस्य करिमा बेगम, भिमा यादव, प्रदेश नम्बर २ का योजना आयोगका सदस्य मोहन लाल चौधरी, नेपाली कांगे्रसका पर्सा जिल्ला सभापति एवम पूर्व सभासद अजय द्विवेदी, नेपाल कम्युनिष्ट पार्र्टीका पर्सा जिल्ला अध्यक्ष प्रभु हजरा, समाजवादी पार्टी नेपाल पर्साका सह–इन्चार्ज रामनरेश यादव लगायतका नेताहरुले सम्पतिको मूल्याकंन भन्दा पनि आमदानीको आधारमा कर निर्धारण गर्न सुझाव दिनु भएको थियो । महानगरपालिकाको विकासको लागी सबै दल तथा जनप्रतिनिधिहरु एक भएर जानुपर्ने बर्तमानको आवश्यकता रहेको धारणा समेत सहभागी नेताहरुले व्यक्त गर्नुभएको थियो ।
महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उमेश बस्नेतले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्नुको साथै महानगरपालिकाको आर्थिक अवस्थाको बारेमा जानकारी समेत गराउनु भएको थियो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -