– मणिराज सत्याल
आजकल तीव्रताका साथ वेथितिका विरुद्धमा भैरहेका गोष्ठी, सेमिनार, कोणसभा, आमसभाहरु मध्ये भर्खरै प्रज्ञाप्रतिष्ठानमा मातृभूमीका लागी नेपाली आदरणीय देव प्रकाश त्रिपाठीको संयोजकत्वमा आयोजित पहिलो भेलामा आमन्त्रित म लगायत सबै उत्सुकताका साथ कार्यक्रममा धेरै देशप्रेमी वैदिक सनातन धर्मप्रेमी, वुद्ध धर्म प्रेमीहरूको उपस्थिति हौसला बढ्ने गरि नै थियो । किनकि धेरै राजनीतिक विश्लेषक र विशेषज्ञको पनि बाक्लो उपस्थिति ड्यासमा देख्न पाइएको थियो । एउटा राम्रो सुरुवात गरेको थियो आयोजकले, कि सिन्धुलीमाडीको माटो, पशुपतिनाथको चन्दन (टिका) सबैलाई लगाइदिएर कार्यक्रम सुरु गरिएकोमा सबैबाट सद्भाव साथ धैर्यधारण पनि भएको थियो । फलस्वरूप वरिष्ठ गायक शिशिर योगीद्वारा मन छुने नयाँ राष्ट्रिय भावनाले ओतप्रोत तथा नेपाल आमाको पुकार झैं लाग्ने गीतले त सायद सबैभन्दा बढी ताली पाएको हुनुपर्छ । तर हामी उपस्थित केहि राजभक्तको मनमा लागेको कुरा यो बेथिति विरुद्धमा भैरहने प्रायः कार्यक्रम को निचोड दिने सवालमा जवाफ आयोजकले महसुस गरेको छ या छैन ? अर्थात बेथितिको सट्टामा थिति कसले दिन्छ ?
के गणतन्त्र सुध्रिन्छ ? हामी भन्छौं सुध्रिदैन, किनकि गणतन्त्रमा नजानेर गल्ती भएको छ र ? नजानेर सुन चोरीलाई नसमाइएको हो ? नचिनेर निर्मलाको हत्यारा भागेको हो र ? वाइड बडीमा थाहै नभई चार अरब चुहिएको हो र ? जानेरै चपाईएको हो । धेरै उदाहरण के दिउँ नजानेर नागरिकता बेचिएको छ र ? जानाजान नागरिकता बेचिएको छ । राजाको जनता हुँदा जनता बेचिएका थिए र ? थिएनन् । तर आज अरबमा नागरिक बेचिएका छन् । एअरपोर्टले दिनहुँ प्रमाण दिइरहेको छ । दिनहुँ मधेसको नाममा बिहारीलाई नागरिकता बाँडिएको छ । के राजाको पालामा २०४६ अगाडि यसरी तराईमा नागरिकता बाँडिएको थियो र ? श्री ५ को डरले पनि जथाभावी भएको थिएन । मनन गरौं । महसुस गरौं । त्यसैले हामी चाहान्छौं गणतन्त्रको विकल्प नेपाल र नेपालीको लागी राजतन्त्र नै हो । तर आजको युग सुहाउँदो, एक्काइसौं शताब्दी सुहाउँदो राजसंस्था नै नेपाल को दह्रो खुट्टा हो । बलियो छाती हो । श्री पेज (राजमुकुट)उच्च शीर हो । राजसंस्थालाई आशीर्वाद दिने राजधर्म वैदिक सनातनको अभिभावकत्वमा सबै धर्मको संरक्षण पनि हो । यही नै सम्पूर्ण नेपाल हो बाह्रबुँदेले दिएको उपहार गणतन्त्र त मात्रै धोका हो । पत्याउने नपत्याउने आ–आफ्नो विवेक अनि बुद्धि हो ।
तर अन्त्यमा फेरि दोहोर्याउन मन लाग्योः – आजका आयोजकले के महसुस गरेर नेपाली माटोलाई टीकाको रूपमा लगाइदिए ? ज–जसले त्यो टीका लगायो भोलि बिहान महसुस गर्नुहुनेछ कि त्यो माटोमा राजसंस्थाले रोपेको सुगन्ध आउँछ कि आउँदैन । माटो जोगाउने राजसंस्था हो कि होईन ?