Wednesday, November 27, 2024
घरक्राइम चेकवीरगंज भन्सारको लक्ष्य ओरालोतर्फ ! प्रहरीको संरक्षणमा छोटी भन्सारनाकाबाट खुल्लेयाम तस्करी

वीरगंज भन्सारको लक्ष्य ओरालोतर्फ ! प्रहरीको संरक्षणमा छोटी भन्सारनाकाबाट खुल्लेयाम तस्करी

वीरगंज\
नेपाल सरकारले ठूलो आशा र विश्वासकासाथ विदेशी दातृ संस्थाको सहयोगमा अरबौं रुपैयाँको लगानी गरी वीरगंजमा सुख्खा बन्दरगाह भन्सार कार्यालय र आई. सी.पी. निर्माण गरी संचालनमा ल्याएको हो ।

तर उक्त सुख्खा बन्दरगाह भन्सार कार्यालय र आई.सी.पी. ले सरकारले तोकेको बार्षिक राजश्वको लक्ष्य पुरा गर्न नसकेपश्चात नेपाल सरकारको आर्थिक योजनाकारको योजना अहिले विफल भएको छ ।

सुख्खा बन्दरगाह भन्सार कार्यालय र आइसीपीको मात्र नभई वीरगंज भन्सार कार्यालयलाई पनि सरकारले तोकेको वार्षिक राजश्वको लक्ष्य पनि भन्सारले पूरा गर्न सकेको छैन ।

वीरगंज भन्सार कार्यालयअन्र्तगत रहेको नेपाल भारत सीमा नाकाका छोटी भन्सार कार्यालयहरूमा समेत केही महिनादेखि तल्चा बन्द गरी उक्त कार्यालयका कर्मचारीहरु मुख्य भन्सार कार्यालयमा हाजिर भई सो कार्यालयमा एकातिर काम गर्दै आएका छन्, भने अर्कोतिर वीरगंज भन्सार कार्यालय अन्र्तगत रहेको पर्सा जिल्लाको अलौं छोटी भन्सार कार्यालय सीमावर्ती बजार रक्सौल, गाड प्रसौनी छोटी भन्सार कार्यालय (सिमावर्ती बजार भेलाही, भिस्वा छोटी भन्सार कार्यालय (सिमावर्ती बजार सिक्टा, अमृतधारा छोटी भन्सार कार्यालय (सिमावर्ती बजार भिखना, श्रीसिया छोटी भन्सार कार्यालय( सिमावर्ती बजार रक्सौल, जानकी टोला छोटी भन्सार कार्यालय (सिमावर्ती बजार इनर्वा, बारा जिल्लाको कचोर्वा छोटी भन्सार कार्यालय (सिमावर्ती बजार घोडासहन, सिम्रौनगढ छोटी भन्सार कार्यालय सिमावर्ती बजार घोडासहन, पिपरपाती छोटी भन्सार कार्यालय (सिमावर्ती बजार बनकटवा, कवई छोटी भन्सार कार्यालय(सिमावर्ती बजार छौडादानो र मटिअर्वा छोटी भन्सार कार्यालय– सिमावर्ती बजार आदापुर नाकामा तैनाथ रहेको नेपाली सुरक्षा फौज र तस्करहरुको मिलोमतोमा तस्करीको लाईन सिमावर्ती बजारबाट भारतीय कपडा, मोटर पार्टस, खाधन्न, कुखुरा, राङ्गा, भैसी, तैयारी चादीका गरगहाना, लागु औषध लगायतका माल समानहरु तस्करी गरी नेपालमा ल्याउने र नेपालबाट केराउ, मरिच लगायतका खाद्यान्न, जडीबुटी, चादी र सुनको तस्करी धन्दा अहिले ब्यापक रुपले संचालन गरिएको खबर छ ।

सो नाकाहरुबाट बिहान, दिउसो र बेलुकी पोके तस्करहरुको लाईन संचालन गरेको चर्चा छ भने र मध्यरातमा ट्रेक्टरबाट तस्करी कार्य हुने गरेको सुनिन्छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -