Wednesday, November 27, 2024
घरसमाचारनेकपाका सांसद प्रभु साहद्वारा लाचारी व्यक्त

नेकपाका सांसद प्रभु साहद्वारा लाचारी व्यक्त

चन्द्रसूर्य समाचारदाता
काठमाण्डौ, ११ वैशाख /

संघीय संसदका सदस्य एवं नेपाल कम्युनिष्ट पार्टीका विकास प्रेमी नेताको रुपमा परिचित नेता प्रभु साहले देशमा देखिएको वेथिति अन्त्य गर्न वर्तमान व्यवस्था नसक्ने लाचारीसहितको आशय व्यक्त गरेका छन् ।

सिंहदरबारस्थित संघीय संसदको सचिवालयमा संसद साहले एक अनौपचारीक भेटका क्रममा उनले यस्तो लाचारीपूर्ण अभिव्यक्ति दिएका हुन् ।

उनले देश गणतन्त्रमय भएर तीनै तहमा सरकारको उपस्थिति भइसक्दा पनि कर्मचारीतन्त्र हावी भएका कारण जनताले अपेक्षा गरेको परिवर्तन र उपलब्धी हासिल गर्न नसकिने बताए । संसद साहले सरकारले बजेट ल्याएपनि त्यसको संचालन कर्मचारी व्यवस्थाले गर्ने हुँदा कर्मचारीहरूले आप्mनो स्वार्थ सिद्ध नभएसम्म काम अगाडी बढ्न नदिने गरेको आरोप लगाए । उनले भने, कर्मचारीहरू “भ्रष्टाचार गर्नकै लागि लोक सेवा पास गरेर आउँछन्, जबसम्म उनीहरू आफूलाई फाइदा हुने अथवा कमिशन आउने ठाउँ देख्दैनन् । बजेट निकासा नै गर्दैनन् । अनि कसरी हुन्छ विकास ?

यो समस्यको समाधान कसरी हुन्छ त भन्ने प्रश्नमा संसद साहले प्रतिप्रश्न गर्दै भने, तपाईंले विरामीको उपचारमा लापरवाही गर्ने कुनै पनि डाक्टरमाथि कारवाही भएको देख्नु भएको छ ? कुनै शिक्षक वा कर्मचारीले पदीय दायित्व पूरा गरेन भन्दै कारवाहीमा परेको देख्नु भएको छ ? वर्तमान व्यवस्थामा कसैलाई कारवाही गर्न सकिने अवस्था छैन ।

संसद साहले भने, “हुँदैन, कुनै पनि हालतमा यो समस्याको समाधान हुन सक्दैन ।” डाक्टरले स्वास्थ्योपचारमा लापरवाही गरे कारवाही हुनुपर्छ भन्ने कानुन ल्याउँदा उनीहरू आन्दोलनमा उत्रन्छन्, शिक्षकले विद्यार्थीलाई शिक्षा दिक्षाको काम इमान्दारीपूर्वक गर्नु पर्छ भन्दा शिक्षकहरू आन्दोलित हुन्छन्, कर्मचारीले पदीय दायित्व अनुसार काम गर्न पाउनु पर्छ भन्ने कानुन ल्याउन लागियो भने कर्मचारीहरू आन्दोलित हुन्छन्, कालोबजारी विरुद्ध कानुन र कारवाहीको लागि अगाडी सर्दा उनीहरू आन्दोलित हुन्छन्, यस्तोमा समस्याको समाधान कुनै पन हालतमा नहुने उनले बताए । “जस्तो चलिराछ त्यस्तै चल्न दिने हो, तैं चुप, मै चुप भए मात्र हुन्छ नत्र गलत काम विरुद्ध कानुन ल्याएमा गलत तत्वहरु आन्दोलित हुन्छन्, सरकारले केही गर्न सक्दैन”––संसद साहले भने ।

एउटा अर्को प्रसँगमा संसद साहले गत चैत्र १७ गते आएको हावाहुरी प्रभावित क्षेत्रको पुनर्निर्माण वर्षा याममा नहुने हो भने प्रभावित क्षेत्रका वासिन्दाहरूको विचल्ली हुने चिन्त व्यक्त गरे । उनले भने, यो आर्थिक मसान्त भित्र हुन नसक्ने आशंका व्यक्त गरेका छन् । नेपालको सरकारी संयन्त्रको ढिलासुस्तीबारे पूर्ण रुपमा जानकार संसद साहले भने, प्रभावित र क्षतिग्रस्तहरूको विवरण संकलनमै एकरुपता छैन, ढिलासुस्ती र राजनीति भइरहेको छ, वास्तविक पीडित भन्दा राजनीतिक कार्यकर्ताहरूलाई पीडित बनाई नक्कली पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने षड्यन्त्र हुँदैछ, सबैको समाधान समयमा हुन सक्दैन भने एक वर्षमा पनि पुनर्निर्माणको काम सम्पन्न होला जस्तो लाग्दैन ।

आफ्नै पार्टीको सरकार, दुई तिहाई बहुमत भएको शक्तिशाली संघीय संसदका सदस्यबाट यस्ता किसिमका लाचारीपूर्ण अभिव्यक्ति आउनु वर्तमान व्यवस्थाको आयु धेरै दिन नभएको संकेतको रुपमा लिन सकिन्छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -