२०८३ असार १८ गते, बिहीबार २२:०५

हवाहुरी पीड़ित छात्र-छात्रालाई बुद्ध ज्योति मा. बि. स्कूलद्वारा शैक्षिक सामग्री बितरण वीडियो सहित

बारा, ८ वैशाख ।
गत चैत्र आइतबार १७ गते साँझ आएको विनाशकारी हावाहरुबाट प्रभावितहरुलाई राहत प्रदान गर्ने क्रम जारी छ ।
यसै क्रममा भीषण हावाहुरीका कारण धनजन गुमाएका पीडित परिवारका अध्ययनरत छात्र छात्राहरुलाई बुद्ध ज्योति मा. बि. स्कूल,सिद्धार्थनगर भैरहवाले शैक्षिक तथा स्टेशनरी सामग्री प्रदान गरेको लायन्स क्लव अफ वीरगंजका डिस्ट्रिक्ट चिफ़ उमेश साह कानुले जानकारी दिनुभयो ।

बाराको फेटा गाउँपालिकाको भरवलिया टोलमा अरुण प्रताप राणाको नेतृत्व मा हावाहुरी प्रभावित परिवारका १०० जना बालबालिकाहरुलाई जनही १ सेट हिसाबले कॉपी, किताब, कलम, शीशाकलम, कट्टर, इरेज़रलगायतका शैक्षिक एवम स्टेशनरी सामग्री सहयोग स्वरूप प्रदान गरिएको लायन उमेश साह कानुले बताए ।

सो राहत वितरण कार्यक्रमका अभियन्ताहरूमा संजोग गुप्ता, पुष्प राज तिमिल्सिना, बैजू राम, सन्दीप गुप्ता, धीरेन्द्र तिवारी, गणेश ठाकुर, उमेश साह कानु रहेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM