२०८३ बैशाख ३० गते, बुधबार २३:२२

वडाध्यक्षको विश्वनाथको निधन

जनकपुर- मधेश प्रदेशको राजधानी जनकपुरधामसँगै जोडिएको धनुषाधाम नगरपालिकाका एक जना वडा अध्यक्षको निधन भएको छ।

धनुषाधाम नगरपालिका-१ का वडाध्यक्ष विश्वनाथ यादवको मृत्यु भएको हो । क्यान्सर रोगबाट ग्रस्त वडाध्यक्ष यादवको बिहीबार बिहान ६:१० बजेमा आफ्नो घरमै मृत्यु भएको परिवारले जनाएको छ ।

पेटको आन्द्रामा क्यान्सर रोगबाट ग्रस्त यादवको उपचार चलिरहेको थियो । नियमित औषधि सेवन गर्दै वडाको दैनिक कामकाज गर्दै आएका उनको अचानक मृत्यु भएको छ । मृतक यादवको श्रीमती, एक छोरा र दुई छोरी छन् ।

धनुषाधाम नगरपालिका–१, काशीपुर घर भएका यादवको धनुषाधाम वन क्षेत्रमा आज दिउँसो अन्त्येष्टि गर्ने तयारी भइरहेको उनको परिवारजनले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

Live

Listen Live FM