२०८३ जेष्ठ ८ गते, शुक्रबार ०१:३९

हजारी मल धर्मशाला प्रकरणमा प्रमुख जिल्ला अधिकारीको नियत शंकास्पद रहेको आरोप

चन्द्रसूर्य समाचारदाता÷
वीरगंज, २६ चैत्र÷
वीरगंजको आदर्शनगर चोकमा रहेको हजारी मल धर्मशालाको जग्गा व्यक्तिको नाममा नामसारी प्रकरणमा ठूलो चलखेल हु“दा पनि पर्साका प्रमुख जिल्ला अधिकारीको मौनताले उनको नियतमाथि विभिन्न शंका उपशंका खडा गरेको नेपाली का“ग्रेस पर्साले आरोप लगाएको छ ।
नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीले पत्रकार सम्मेलनको आयोजना गरी सो प्रकरणमा नगरप्रमुख विजय सरावगी र प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको नियतमाथि शंका लागेको बताएका छन् ।
वीरगंजको ऐतिहासिक हजारीमल धर्मशालाको भौतिक सामग्रीहरु कसको आदेशमा कसले लगिरहेको छ भन्ने सन्दर्भमा वीरगंजवासीले चासो नलिंदा माफियाहरू सलबलाउ“दै गएको सभापति द्विवेदीले आरोप लगाए ।
सभापति द्विवेदीका अनुसार एक महिना अगाडी हजारीमल धर्मशालाको सन्दर्भमा पत्रकार सम्मेलन गरी त्यसको भौतिक संरचनाहरु तोडफोड भइरहेको सन्दर्भमा पर्सा प्रमुख जिल्ला अधिकारी भट्टराईलाई ज्ञापन–पत्र दिई ध्यानाकर्षण गरउ“दा पनि प्रजिअले कुनै चासो नदेखाउनुको पछाडीको रहष्यबारे प्रश्न चिन्ह खडा गरे ।
नेता द्विवेदीले पर्सेली संचारमाध्यमले पनि ऐतिहासिक धरोहरको विषयमा चनाखो नभएको अरोप लगाए । उनले स्थानीय प्रशासन र नगरप्रमुख विजय सरावगीको मिलोमतोमा सो सार्वजनिक सम्पतिमाथि कब्जा गर्न लगाइएको त होइन भनि प्रश्न गरे ।
आदर्शनगरमा व्यापक जाम हुने गरेको र त्यसको लागि छुट्टै पार्कि·को व्यवस्था मिलाउनको लागि आफुले धर्मशाला तोडेर सो ठाउ“मा पार्किङस्थल बनाउन लागेको मेयर सरावगीले केही समय अघि संचारमाध्यमहरूमार्फत सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM