२०८३ बैशाख ३१ गते, बिहीबार ००:०३

हुण्डी कारोबारमा संलग्न आरोपमा नगदसहित एक जना पक्राउ

वीरगंज/हुण्डी कारोबारीमा सलंग्न रहेको आरोपमा पाँच लाख ९० हजार स्रोत नखुलेको रकमसहित एक भारतीय वीरगञ्जबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारत बिहार राज्य पूर्वीचम्पारण रक्सौल–२० कुम्हरियाटोल बस्ने २९ बर्षीय बबलु राज रौनियार छन्। वीरगञ्ज महानगरपालिका–१५ बाईपासस्थित सडकखण्डमा बसपार्कबाट प्रतिमा चोकतर्फ शंकाष्पद रुपमा पैदल जाँदै गरेको अवस्थामा उनलाई प्रहरीले चेकजाँचका क्रममा पक्राउ गरेको हो।

जाँचको क्रममा रौनियारले बोकेको ब्यागभित्रबाट स्रोत नखुलेको बिभिन्न दरका नेपाली पाँच लाख ९० हजार रुपैयाँसहित नियन्त्रणमा लिई उनीविरुद्ध बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ विरुद्धको कसूरमा थप अनुसन्धान भईरहेको पर्साका प्रहरी प्रबक्ता डिएसपी दिपक भारतीले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

Live

Listen Live FM