२०८३ बैशाख ३१ गते, बिहीबार ०१:०२

विश्वासको मतको पक्षमा मतदान गर्न रास्वपाद्वारा ह्वीप जारी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ।

आज बसेको संसदीय दलको बैठकले रास्वपाका सबै सांसदलाई विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गर्ने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।

प्रतिनिधि सभामा रास्वपाका २१ सा‌सद छन्। प्रधानमन्त्री दाहालले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन्। नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन्।

यसैबीच जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ।

गत फागुन २१ गते नेपाली कांग्रेससँगको गठबन्धन टुटेर नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीसहितको नयाँ गठबन्धन बनेपछि जनमत प्रतिपक्षमा रहँदै आएको थियो।

तर सरकारबाट जनता समाजवादी पार्टी, नेपाल बाहिरिएसँगै जनमतले प्रधानमन्त्रीलाई विश्वासको मत दिन लागेको हो। प्रतिनिधि सभामा जनमत पार्टीका ६ जना सा‌सद छन्।

प्रतिक्रिया लेख्नुहोस्

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

Live

Listen Live FM