२०८२ माघ २८ गते, बुधबार १७:३४

लुम्बिनी प्रदेशका डिआईजी र नवलपरासीका एसपीको घुमुवाको असुली अभियान

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरले सादा पोशाकका प्रहरी परिचालन नगर्न र काजमा कार्यरत प्रहरीलाई दरबन्दीमा फिर्ता गर्न दिएको निर्देशन मातहतका प्रदेशका डीआईजी र एसपीले नै उल्लंघन गरिरहेका छन् ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका डीआईजी कुवेर कडायतको निर्देशनमा पाल्पा दरबन्दी भएका प्रहरी सहायक निरीक्षक (असई) कमल भट्टराईलाई नवलपरासीको घुमुवा राखिएको छ । डीआईजीको निर्देशनमा नवलपरासीका एसपी काजीकुमार आचार्यले उनलाई घुमुवा राखेका हुन् । सिपाहीबाट जागिरमा प्रवेश गरेका उनी रुपन्देहीबाट कहिल्यै पनि बाहिर खटिनु नपर्ने र सधैं घुमुवा बसेर लाभ लिनेमा पर्दछन् । उनका बारेमा धेरै गुनासो आएपछि लुम्बिनीका तत्कालीन डीआईजी उमेशराज जोशीले दाङमा सरुवा गरेका थिए ।

जोशी सरुवा भएर कडायत लुम्बिनीको डीआईजीमा हाजिर हुनासाथ असई भट्टाईलाई नवलपरासी काजमा पठाएका छन् । जबकि आईजीपी कुँवरले दरबन्दी पठाओ अभियान डीआईजी हुँदादेखि नै संचालन गरेका थिए ।

त्यसैगरी, डीआईजी कडायतले संघीय प्रहरी कार्यालय रुपन्देहीमा काजमा कार्यरत अर्का असई सन्तोष रायमाझीलाई भैरहवाका ६ वटा क्यासिनोमा मासिक दस्तुरी संकलनमा लगाएको आरोप छ । रायमाझीको दरबन्दी जिल्ला प्रहरी कार्यालय रुपन्देही हो । रायमाझी मुकुन्द आचार्य डीआईजी हुँदा प्रदेशका घुमुवा थिए ।

आचार्यदेखि पछिका डीआईजी रविन्द्र धानुकका पनि उनी घुमुवा थिए । दानबहादुर कार्की बुटवलमा डीएसपी हुँदादेखि कपिलबस्तुको एसपी हुँदासम्म उनका घुमुवा बसेका रायमाझी पनि असुलीमा विवादमा परेका थिए ।

त्यसैगरी, जिल्ला प्रहरी कार्यालय नवलपरासीका एसपी आचार्यले काजमै कार्यरत सहायक हवल्दार अमरेशकुमार यादवलाई घुमुवा राखेका छन् । यादवको दरबन्दी कपिलवस्तु हो । तर उनी ३ बर्षदेखि नवलपरासीको एसपीको घुमुवाको रुपमा कार्यरत छन् ।

रुपन्देहीका एसपी रंजितसिंह राठौरले काजमै कार्यरत प्रहरीलाई घुमुवा राखी तस्करीको लाइन दिने गरेको समाचार यस अघि पनि विभिन्न संचारमाध्यममा आइसकेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM