२०८२ माघ १० गते, शनिबार १९:०१

लुम्बिनी-रुपन्देही नाकामा काजवाला-घुमुवा प्रहरीको रजगज

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले काजमा कार्यरत प्रहरीलाई दरबन्दीमा पठाउने अभियान डीआईजी हुँदादेखि नै चलाउँदैआएका छन् । मधेश प्रदेशको डीआईजी हुँदा उनले दरबन्दी पठाउने अभियान सुरु गरेका थिए ।

आइजीपी भएपछि उनले काजमा राखेका प्रहरी कर्मचारीलाई दरबन्दीमा पठाउन परिपत्र नै गरे । तर आईजीपी कुँवरको निर्देशनलाई अटेर गर्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रंजितसिंह राठौरले काजमा कार्यरत प्रहरीलाई महत्वपूर्ण चौकीको इन्चार्ज र घुमुवाका रुपमा खटाएका छन् ।

अरबौंको हुन्डी कारोबार गर्नेहरुको संजाल ध्वस्त पार्नखोज्ने बाराका एसपी सुरेश काफ्ले, सर्लाहीका दयानिधि ज्ञवाली, महोत्तरीका श्याम राईको सरुवा हाजिर भएको ४५ दिन नपुग्दै गरेका आईजीपीले रुपन्देहीमा घुमुवा परिचालन गरी आर्थिक संकलन अभियानलाई तीव्रता दिएका राठौरलाई भने चलाएका छैनन् ।

रुपन्देहीको बेथरी प्रहरी चौकीका सई सागर भट्टराईको दरबन्दी जिल्ला पहरी कार्यालय जाजरकोट हो । तर उनी बेथरी प्रहरी चौकीका इन्चार्जका रुपमा काजमा कार्यरत छन् । भट्टराईको योजनामा बेथरी नाकाबाट घुमुवा सहायक हवल्दार श्याम यादवले भन्सारछली गर्ने ब्यापारीहरुसँग सेटिङ गर्ने गरेका छन् ।

त्यसैगरी, एसपी राठौरले दाङमा दरबन्दी अन्यत्र भएका र काजमा कार्यरत सई बुद्धि राना, असई विकास बस्नेतसहित चार जना जिल्लामा घुमुवा खटाएका छन् । रानाको दरबन्दी दाङ हो भने बस्नेतको पाल्पा हो ।

यसैबीच, रुपन्देहीका बढी तस्करी हुने सीमा क्षेत्रका चौकीहरुमा इलाका प्रहरी कार्यालय मचगाहवा, मरयादपुर प्रहरी चौकी हुन् । मचगावा नाकाबाट प्रहरीको सेटिङमा प्रबिण जैसवाल चावल, प्याज ल्याउने गरेका छन् । तिरलोप नाकाबाट दिपकले (कपडा), चिनी र कपडा भित्र्याउनेमा सुरेन्द्र, जितेन्द्र, मुरत छन् ।

हाथिवनगाई नाकाबाट सदरीले जुत्ता र कपडा भित्र्याउने गरेका छन् । शैलेस यादवले प्याज, चिनी, मिठाई ल्याउने गरेका छन् । मचगावा मर्यादपुर इलाका कर्माहवा नाकाबाट सुवास राधेश्यामले कपडा र सुनिल कुखुरा तस्करी गर्ने गरेका छन् । हैदरले कुखुरा र गोलु, वाजित, भिरेश, विनय, मुला, बबलु, अशोकले चिनी ल्याउने गरेका छन् ।

इलाका प्रहरी लुम्बिनीबाट पनि तस्करीको लाइन चल्ने गरेको छ । जुन नाकाबाट नन्दुले प्याज, कपडा, सूर्तिको तस्करी गर्दैआएका छन् । प्रकाश यादवले मोवाइल र कपडा इलाका प्रहरी लुम्बिनी कालीद नाकाबाट ल्याउने गरेका छन् ।

इलाका प्रहरी कार्यालय धकधईबाट प्रमोद, अनिल, रमेश, (गल्ला) समिर, अंगद, जितेन्द्र, राजेशले कुखुरा र रहमदले कपडा, चिनी नेपालतर्फ भन्सारछली गरी भित्र्याउँदैआएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88 beb88 djarum4d
zeonslot m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM