२०८३ बैशाख ३१ गते, बिहीबार ०४:०६

प्रतिबन्धित लागुऔषधसहित मकवानपुरका चार महिला पक्राउ

वीरगंज/सशस्त्र प्रहरी बल नेपालले प्रतिबन्धित लागु औषधसहित चार महिलालाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको सशस्त्र प्रहरीको टोलीले शुक्रबार भंसार गेट नजिकै नियमित चेक जाँच गर्ने क्रममा शरीरमा लुकाई छिपाई प्रतिबन्धित लागु औषधसहित चार जना महिलालाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल न.१३ गण, हेक्वा पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक देवेंन्द्र सिंहले बताउनु भयो।

प्रतिबन्धित कोडिन मिश्रित COUGH SYRUP ONEREX 100 ML का ६६ वटा औषधिका बोतल शरीरमा लुकाई छिपाई भारतबाट अबैध रुपमा नेपालतर्फ ल्याउदै गरेको अवस्थामा पक्राउ पर्ने महिलाहरू मकवानपुर निवासी क्रमश: वर्ष २८, ५१, ४४, ४० का ४ (चार) जना महिलाहरुलाई उक्त परिमाणको लागु औषध सहित आवश्यक कारवाहीको लागि प्रहरी चौकी ईनर्वामा बुझाईएको डिएसपी सिंहले बताउनु भयो ।

प्रतिक्रिया लेख्नुहोस्

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

Live

Listen Live FM