२०८२ माघ २८ गते, बुधबार १७:३४

पैसा कमाउने सशस्त्र प्रहरीको गज्जबको काइदा: दिउँसो कड़ाई, राती तस्करीमा सहजीकरण

काठमाण्डौ/ भारतसँग सीमा जोडिएका मधेश र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सशस्त्र प्रहरीले अतिरिक्त आमदानी गर्ने गज्जबको शैली अपनाएका छन्।

सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा दिउँसो चेक जाँचमा कड़ाई गर्ने र राती राती तस्करलाई सहजीकरण गर्न थालेपछि अपेक्षित लक्ष्यअनुरूप भंसार राजस्व असुली हुन सकेको छैन।

प्राप्त खबर अनुसार सशस्त्र प्रहरीका केही एसपीहरूमा कामभन्दा बढी प्रचार गर्ने मोह बढेको छ । केन्द्रीय सूचना शाखालाई जानकारी नदिई जिल्लाबाटै प्रवक्ताको नाम राखेर प्रचार गर्न थालिएको छ । मधेश प्रदेश र सीमा क्षेत्रमा रहेका एसपीहरूलाई सशस्त्र प्रहरी मुख्यालयले बोलाएर राजश्व चुहावट नियन्त्रणमा कडाई गर्न निर्देशन दिएपछि उनीहरूले कामभन्दा पनि प्रचारलाई बढी ध्यान दिएका हुन् ।

रौतहटका एसपी बिक्रम हुमागाईं तस्करी धन्दा नरोक्ने तर, अघिल्लो वर्षदेखि यति मूल्यको सामान बरामद भन्दै प्रचार गर्न ब्यस्त छन् ।

रौतहट आएपछि तस्करी रोक्छु भन्दै प्रचार गरेका उनले रोक्न त परै जाओस् रोक्ने प्रयाससम्म गरेका छैनन् । तर, अघिल्लो वर्ष बरामद भएको सामानको विवरण प्रचार गरेर धन्दा चलाइरहेका छन् ।

यता, पर्साको पनि हालत उस्तै छ, कामभन्दा प्रचार बढी । भन्सार र राजश्व दुवैलाई सहयोग गर्ने भए पनि नेपाल प्रहरीले दुई सातामा करोडौंको सामान बरामद गर्दा सशस्त्र प्रहरी हेरेर बसेको छ ।

वीरगंज भंसारको मुख्य गेट भएर सर्वसाधारण नागरिकले घरायसी प्रयोजनका लागि लिएर आउने दुई चार किलो चिनि, एकाध लिटर खानेतेल मात्र होइन पाँच किलो प्याज समेत नियंत्रणमा लिएर तस्करी नियन्त्रणको दाबी गर्ने सशस्त्र प्रहरीले भने राती भंसार पछाड़ीको बाँसघारी, इनरवा गाउँ, सिर्सिया, छपकैया, ड्राईपोर्ट, अलौं, अमरपट्टी, इटियाही, भिस्वा, जानकी टोला, भिखमपुर ठोरी लगायतको नाकाबाट अनियन्त्रित तस्करी बढेको स्रोतको दाबी छ।

यी नाका दिउँसो सुनसान देखिएपनि राती १२ बजे देखि विहान तीन बजेसम्म भने तस्करहरूलाई भ्याई न भ्याइ हुन्छ। गण-१३ पर्साको कमाण्ड एसपी किशन कर्माचार्यलाई अपुतालीमा परेपछि उनले यो अवसरलाई भरपूर फाईडदा उठाई रहेका छन्।

नेपाल प्रहरीले धमाधाम तस्करीको माल बरामद गरेर सार्वजनिक गर्न थालेपछि लाज छोप्न सशस्त्र प्रहरीले सर्वसाधारण र सामान्य काम गरेर रोजी रोटी धान्ने वर्गका सामान समाएर तस्करी नियंत्रणको नाटक गरिरहेका छन्।

त्यस्तै, सिरहाको माडर, ठाडी, सर्लाहीको सिमरा, खुटौना, महोत्तरीको सम्सी, जलेश्वर नाका पनि तस्करीको केन्द्र बनेका छन् ।

उता, बाँकेका एसपी विमल डांगी बढी बोल्दा मुख्यालय तानिएका छन् । सीमाको बिषयमा नबोल्नु भन्ने केन्द्रको आदेश नमान्दा आफ्नै बोली उनलाई भारी भएको छ । सीमा पिल्लरको बिषयमा जान्ने भएर बोलेको आरोप उनीमाथि छ । डांगीले पनि बाँकेका नाका खुल्ला गरेको श्रोतको दाबी छ । उनी गणपति भएदेखि सीमामा तस्करी रोक्न भन्दा कमाउ धन्दामा रमाएको श्रोतको दाबी छ ।

काम नगर्ने तर, प्रचार गर्ने अर्का एसपी हुन् कैलालीका दलबहादुर पाण्डे । उनी पनि काम कम प्रचार ज्यादा गर्छन । सीमा क्षेत्रमा उनले घुमुवा परिचालन गरेको आरोप छ ।

यता, इलाम, झापा, मोरङबाट हुने तस्करीले सीमा नाघेको छ । इलामको पशुपति नगरदेखि झापाको काँकडभिट्टा, टगनडुब्बा, गौरीगंज, भद्रपुर, मोरङको सोराभाग, रानी, बरडंगा, सुनसरीको हरिपुर, कप्तानगंजलगायतका नाकाबाट तस्करी मौलाएको श्रोतको दाबी छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM