२०८३ बैशाख ३१ गते, बिहीबार ०५:१८

आगलागीमा परेर एक महिलाको मृत्यु

जनकपुरधाम/ धनुषामा आगलागीमा परेर एक महिलाको मृत्यु भएको छ।

सोमबार दिउँसो साढे ३ बजेतिर धनुषाको हंसपुर नगरपालिका–१ भगवानपट्टीकी ४२ वर्षीय विन्देश्वरी कापरको आगलागीमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ।

आँप बगैंचामा रहेको परालको तीन वटा टालमा आगलागी हुँदा उनको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रहरी र वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रण गर्ने क्रममा जलेको अवस्थामा उनको शव भेटिएको हो।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

Live

Listen Live FM