Wednesday, November 27, 2024
घरविचारस्थानिय शासनमा नागरिक समाज

स्थानिय शासनमा नागरिक समाज

— रामरेखा प्रसाद चौरसिया

शासन संचालनमा कानुन विपरीत हुने विकृतिलाई व्यक्तिगत स्वर्थबाट माथि उठेर सामुहिक हितलाई वकालत गर्ने जागरुक समाज नागरिक समाज ती स्थानीय तहको शासन विकेन्द्रीतकृत शासनको उपज हो । यो शासन हाम्रो लागी नौलो र चुनौतीपूर्ण छ । हाम्रो डेढ बर्षको अनुभवले यही देखाएको छ । निर्वाचनमा जनताका अनेक अपेक्षा र अकांक्षा थिए तर आज उनीहरु निराश भएका छन । निराशका कारण हामी कोही खोज्न चाहन्नौं । खास गरी निर्वाचित जनप्रतिनिधिमा सो निराशपन बारे कुनै चर्चा , बहस गरेको सुनिएको छैन ।

स्थानीय नीति, योजना र कार्यक्रम तर्जुमा गर्ने स्थानिय स्रोत र साधनको परिचालन जनमैत्री सेवा प्रवाह संगै विकास ,समृद्घि र समुन्नति हासिल गर्ने स्थानिय सरकारले स्वायत्त अधिकार संविधानले दिएको पाइन्छ । अपार सपना बोकेर जितेका जनप्रतिनिधि कै काधमा सो सपना सकार गर्ने जिम्मेवार हुनुपर्दछ । सुशासन सहितको शासन गर्दै गर्दा कहिले कही अभाव, दवाव र प्रभावमा कुनै गलत शासकीय निर्णय हुनसक्छ ।

अव प्रश्न आउन सक्छ, सो गलत निर्णय कसरी सच्याउन सकिन्छ । यसका लागी नागरिक समाजरुपी दबाब समुह आवश्यक देखिन्छ । यसका लागि सक्रिय ,सक्षम आम नागरिकलाई संगठित हुन जरुरी छ । जो विशुद्घ पूर्वाग्रहरहित समाजिक कल्याणको प्रर्वद्घनको लागी मात्र होस । यस्तो नागरिक समाजरुपि संगठन हरेक स्थानिय तहमा हुन जरुरी देखिन्छ ।
सो गठित नागरिक समाजले स्थानीय शासनलाई पारदाशिता, अभिवृद्घि,सचेतना, आर्थिक जवाफदेहिता, सेवामा गुणस्तर, प्रशासनिक सेवालाई सवल, सक्षम भ्रष्ट्रमुक्त, जिम्मेवार उत्तरदायी र जनताको पहुच योग्य बनाउन रचनात्मक भुमिका खेल्नु समय प्रदत हुन्छ ।

स्थानिय सरकारले पनि सो गठित नागरिक समाजलाई आफना प्रतिद्वन्दी नसम्झी सो समाजले दिएको रचनात्मक सुझावलाई अगिाकार गर्नु पर्दछ । सन्त कवीर दासले भनेका थिए ।

निदक नियरे राखिए
आंगन कुटी छवाय ।
विन पानी विन सावुन
निर्मल हाथ सुभाय ।।

स्थानीय सरकारले पनि नागरिक समाजलाई आफना गलत कामको निन्दा विरोध गरोस् भने चाहना राख्नु पर्छ र सो संगठनलाई आफनै शासनको वरिपरि बलियो बनाई बसाई दिनुपर्छ । यसरी आमजनता र स्थानिय सकारको समृद्घिको सपना सकार हुन सहज हुन सक्छ ।

 

(चौरसिया  मालपोत कार्यालय, गौर रौतहटमा कार्यरत छन्)

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -