Wednesday, November 27, 2024
घरसमाचारराजनीतिदेश र जनताका शोषकहरू

देश र जनताका शोषकहरू

नेपाली समाज विकासका विभिन्न चरण पार गर्दै आएको छ । तर राजनीति व्यवस्थामा अव्यवस्था र असन्तुष्टि पाठ मुक्त हुन सकेन । मुलुक यथास्थितिको मंडरवालोमा फसेको छ । संसदीयहरु फोहरी राजनीतिमा सक्रिय छन् । संघीय लोकतान्त्रिक गणतन्त्रको तीन तहको संसद्रुपी राजनीतिक व्यवस्थाको चुनाव पहिलो र अन्तिम हुने निश्चित छ । विकसित पु“जीवाद र साम्यवाद वीचको संक्रमणकालिन राज्यव्यवस्था नै समाजवाद हो । यो साम्राज्यवाद, विस्तारवाद उपनिवेशबाद र दलाल पु“जीवादी विरोधी राज्यव्यवस्था हो । नेपालका नेपालीहरुकाले वैज्ञानिक समाजवादी व्यवस्था खोजेका हुन् । दलाल संसदीय व्यवस्था र विकृति पंजीवाद खोजेका हुन् । राजतन्त्र फाल्नु नै गणतन्त्र भन्नेहरु अब संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन, नेपाली स्वाधिनता र नेपालीको स्वाभिमानको रक्षा अब मर्न नसक्ने भइयो भनेर डराइ रहेका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको हावा, पानी, माटो र देशकाल परिस्थिति सुहाउ“दो हुन नसक्ने प्रमाणित भइसकेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर, असफल भएकोले विभिन्न कोणबाट आक्रमण भइरहेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको संधिवान पूर्ण रुपमा कार्यान्वयन हुन नपाउदै यो व्यवस्था दुर्घटनामा पर्ने पूर्ण संकेत भइसकेको छ । गुट, फुट र लुटको संस्कृति बोकेका चुनावी गठबन्धन, सत्ता साझेदार, पद भागबण्डाको संस्कृतिले यो मुलुकमा न गणतन्त्र संस्थागत हुन्छ, न देश अगाडि बढ्दछ । देशलाई आर्थिक समृद्धिशाली बनाउने संसद्वादी नेताहरुको दिवास्वप्न पूरा हुने वाला छैन । संसद्वादी संघीयतावादी, अनिष्टकारी नेताहरुले पार्टी एकीकरण र गठबन्धनलाई पूर्णता दिएर जनविश्वास आर्जन गर्ने त्यस्तो भरपर्दो आधार केहि देखा परेको छ । समय लम्ब्याउने, भत्ता, सुविधा लिने बाहेक संसद्वादी व्यवस्था होमिएका कुनै पनि पार्टीका कुनै पनि नेताले देश र जनताको सर्वोत्तम हित गर्ने उल्लेखनीय काम गर्न सक्ने छैन । प्रत्येक दिनको राजनीति पार्टीहरुको कार्यशैली र कार्यव्यवहार प्रति जन असन्तुष्टि बढेको छ । देशमा आय आर्जन छैन, उत्पादन छैन । राजस्व संकलन र वैदेशिक ऋण, अनुदानको अवस्था नाजुक बन्दै गइरहेको छ । सरकारले साधारण खर्च, अनुत्पादक खर्च अत्याधिक बढाई रहेको छ । भ्रष्टाचार, ढिलासुस्ती, न्याय सम्पादनको स्थितिले देशलाई जर्जर बनाएको छ । देशलाई आर्थिक रुपमा टांट उल्टाउने, असफल र कमजोर बनाउने देशघाती पार्टीका शिर्ष नेताहरु माथि जन हस्तक्षेप गरी उनीहरुमाथि जनकारवाही नचलाए सम्म स्वार्थी नेताहरुको ज्यादतीबाट नेपाल र नेपाली सुख शान्ति पाउन सक्दैन ।

वैदेशिक समाजवादले मात्र उच्च चरणमा आर्थिक, सामाजिक र सांस्कृतिक स्वरुपमा परिवर्तन गरी विगतमा देश र जनता लुट्ने सबैलाई कडा कारवाही गरी अनैतिक गरेर कमाएको सम्पूर्ण धन सम्पत्ति राष्ट्रियकरण गर्न र गरिब र धनि बीचको अन्तरको अन्त्य गर्न सक्दछ । वर्तमान नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रले नेपाल र नेपालीहरुलाई कालो भविष्य, कठिन दिन मात्र दिन सक्दछ । समयमै नेपाली जनताहरुले डुब्न लागेको देशलाई बचाउन र आप्mनो भविष्य उज्जवल बनाउन राजनीतिक विकल्प रोज्नै पर्दछ । संसद्वादी पुंजीवादी दृष्टिकोण बोकेकाहरुले देश र जनताको हदै सम्म शोषण गरी रहेकाले सबै खाले शोषण, भ्रमको अन्त्य गरी खानेहरुको लागि आवश्यक वातावरण बनाउन र राजनीतिक रुपमा देशलाई दुःख दिइरहेका सबै शक्ति, तत्व र व्यक्तिलाई तह लगाउन अब एउटा देशभक्ति पूर्ण मुक्ति आन्दोलनको आवश्यकता छ । एकीकृत जन क्रान्तिको उद्देश्यले देश बचाउने छ ।
२०७५ माघ २४ गते विहीवार क्राइम चेक सप्ताहिकमा प्रकाशित

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -