Thursday, November 28, 2024
घरसमाचारविचौलीयाले अण्डामा दोब्बर असुले,अण्डा उत्पादक किसान मारमा

विचौलीयाले अण्डामा दोब्बर असुले,अण्डा उत्पादक किसान मारमा

चितवन / चितवनका अण्डा उत्पादक किसानहरुले अण्डा उत्पादक संघ र चितवन नवलपुर दाना वितरक संघको कार्यालयमा तालाबन्दी गरेका छन् ।
संघले निर्धारण गरेको न्यूनतम मूल्यमा पनि अण्डा बिक्री नभएको भन्दै उनिहरुले तालाबन्दी गरेका हुन् ।

संघले अण्डा प्रतिक्रेट न्यूनतम २६० रुपैंया निर्धारण गरेको छ । तर सप्लायर्सले २ सय ३० रुपैंयामा उठाउँदै आएका छन् ।

दानाको मुल्यबृद्धि भएर लागत समेत नउठेको समयमा संघले तोकेको मूल्य समेत नपाएका कारण संघमा तालाबन्दी गरेको पश्चिम चितवन अण्डा उत्पादक किसान संघका सदस्य गोविन्द शर्माले बताउनुभयो ।

उहाँले यही अवस्था रहिरहने हो भने अण्डा उत्पादक किसान घरको न घाटको हुने दुखेसो पोख्नुभयो ।

कच्चा सामाग्रीको मूल्य बढेको भन्दै दाना उद्योगहरुले तीन महिनामा तीन पटक दानाको मूल्य बढाएका छन् । तर किसानले उत्पादन गरेको अण्डाले भने मूल्य पाउन सकेको छैन्,शर्माले भन्नुभयो ।

मंगलबार नेपाल अण्डा उत्पादक संघको आब्हानमा अण्डा उत्पादक किसान, चितवन नवलपुर दाना वितरक संघर सप्लायर्स वीच सर्वपक्षिय छलफल आयोजना गरिएको थियो ।

तर छलफलमा चितवन नवलपुर दाना वितरक संघ र सप्लायर्सका प्रतिनिधि अनुपस्थित भएपछि किसान थप आक्रोसित बनेका हुन् । बैठक भोली १ बजेका लागि फेरी आब्हान गरिएको छ ।

नेपाल अण्डा उत्पादक संघका केन्द्रिय अध्यक्ष त्रिलोचन कंडेलले विचौलीयाका कारण अण्डा उत्पादक किसान मारमा परेको बताउनुभयो । ‘प्रतिगोटा अण्डामा किसाले ७ रुपैंया मात्रै पाएका छन्,अध्यक्ष कंडेलले भन्नुभयो’,उपभोक्ता अहिलेपनि प्रतिगोटा १५ रुपैंयामा किन्न बाध्य छन् ।’

विचौलीयाले अण्डामा दोब्बर असुलेर किसानलाई मारमा पारेको उहाँले बताउनुभयो । सबै सरोकारवालाको छलफलबाट समस्याको निकास खोजीने कंडेलको भनाई छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -