अनिल कुशवाहा÷
प्रदेश न. २ का भौतिक पुर्वाधार तथा बिकास मन्त्रि जितेन्द्र सोनलले अहिलेको विज्ञान र प्रविधिको युगमा शिक्षाको गुणस्तर माथि उक्सिनुपर्नेमा झन खस्किदै गएको प्रति चिन्ता ब्यक्त गर्नु भएको छ ।
वीरगंज महानगरपालिका वडा न. ११ श्रीपुरमा स्थित ओम नेशनल एकेडेमीको दोस्रो बार्षिकउत्सवको एक समारोहकाबीच उदघाटन गर्दै भौतिक पूर्वाधार तथा विकास मन्त्री सोनलले वीरगंज महानगरपालिका मात्रै नभएर प्रदेश नं. २ लाई शिक्षाको हब बनाउने अभियानमा जुटनको निम्ती सम्पूर्ण अभिभावकहरुलाई आग्रह गर्नुभयो ।
गुणस्तरीय शिक्षा प्रदान गर्नका निम्ति शिक्षक स“गस“गै अभिभावकहरुको पनि उत्तिकै भूमिका हुने भएकोले आ–आफनो भूमिका जिम्मेवारीपूर्ण तरिकाले निर्वाह गर्न समेत उहा“ले आह्वान गर्नुभयो । ओम नेशनल एकेडेमीका प्रिन्सिपल हरिश्याम ठाकुरको सभापतित्वमा भएको कार्यक्रममा वीरगंज महानगपालिका वडा न. ११ का अध्यक्ष प्रद्युम्न सेढाइ, ठाकुराम बहुमुखी क्याम्पसका प्रमुख डा. प्रमोद कुशवाहा, प्याब्सन पर्साका पूर्व अध्यक्ष इमामुदिन अहमद, संघीय समाजवादी फोरमका नेता वीरेन्द्र यादव, ओम नेशनल एकेडेमीका निर्देशकहरु लालबाबु यादव, डा. राजदेव कुशवाहा, माइस्थान विद्यापिठका प्रधानाध्यापक मुर्तुजा अन्सारी, नगीना प्रसाद साह, राजपाका देवानन्द यादव लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुित समेत प्रदर्शन गरेका थिए ।

एकैपटक आठै एआईजीको सरुवा, सीआईबीदेखि उपत्यका प्रहरीसम्म नेतृत्व फेरबदल
काठमाडौं । सरकारले नेपाल प्रहरीका जनपदतर्फका आठै जना अतिरिक्त महानिरीक्षक















