२०८२ माघ २८ गते, बुधबार १५:३४

‘मन्त्रीसँगै राज्यको नीति फेरिने परिपाटी अन्त्य गर्नुपर्छ’

लगानी सम्मेलनबाट लगानीकर्ताहरूलाई आकर्षित गर्ने हो । उनीहरूलाई विश्वास दिलाएर लगानी विस्तार गर्न लगाउने हो । प्राथमिक उद्देश्य यही हो । नेपालको लागि लगानी सम्मेलन गर्ने यो उपयुक्त समय हो । तर तयारी पर्याप्त पुगेन कि जस्तो लागेको छ ।

निजी व्यवसायीहरूले उठाएका कानुन परिवर्तनका विषय जहाँको त्यहीं छन् । जग्गा हदबन्दी, रूख कटानी, दोहोरो कर जस्ता समस्या यथावत् छन् । प्रशासनिक झन्झट र राज्यले व्यवसायीलाई हेर्ने दृष्टिकोणमा खासै सुधार आएको छैन ।

यस्तै सम्मेलन घोषणा गर्नुअघि राज्यले कानुनी बाटो सहज बनाउनुपर्थ्याे । मुलुककै लगानीकर्तालाई विश्वासमा लिनुपर्थ्याे । आखिर विदेशी लगानीकर्ता आउने त स्वदेशीसँगै हातेमालो गरेर हो । त्यसका लागि कानुन परिवर्तनसँगै कार्यान्वयन पनि हुनुपर्‍यो ।

लगानी सम्मेलनअघि सरकारले कानुनी रूपमा पनि छलफल, बहस एउटा तहमा पुर्‍याउनुपर्थ्याे । यो–यो कानुन संशोधन गर्‍यौं । बाँकी यो गर्दै छौं । तपाईंहरूलाई यो फाइदा छ आउनुस् भन्नुपर्ने हो । लगानीकर्तालाई कुन परियोजनामा कस्तो फाइदा छ भन्नुपर्थ्याे ।

एक डेढ वर्ष होमवर्क गरेर मात्रै सम्मेलनमा जानुपर्थ्याे । आज घोषणा गर्‍यो, भोलि सम्मेलन गर्‍यो सकियो जस्तो गरेर हुँदैन । नेपालमा लगानी गर्न विश्वभरका लगानीकर्ता तयार छन् । नेपालीसँगै पैसा छ । गैरआवासीय नेपालीसँग पैसा छ ।

तर किन लगानी भइरहेको छैन भन्ने त राजनीतिक दल, सरकारी निकाय र राज्यको बागडोर सम्हालेकाले बुझ्नुपर्ने हो । यस्ता कुरामा सोचविचार भएको मैले पाएको छैन । सरकारले पैसा खर्च गर्न सकेको छैन । यस्तो अवस्थामा लगानीकर्तालाई के भनेर विश्वास दिलाउने हो ?

सम्मेलन आह्वान गर्नुअघि पाइपलाइन प्रोजेक्ट बनाएर लगानीकर्ता बोलाउनुपर्थ्याे । सम्पूर्ण तयारी गरेर सम्मेलनमा लगानीकर्तालाई हामीले यो अध्ययन गरेका छौं । यसमा लागत यति छ, फाइदा यस्तो हुन्छ । मुलुकले यो पाउँछ, तिमीहरू यो पाउँछौ भन्नसक्ने हुनुपर्थ्याे ।

लगानीको प्रस्ताव गर्नुअघि राज्यले परियोजनामा केही काम गरेको हुनुपर्थ्याे । अन्य मुलुकमा चाहिं लगानीकर्तालाई आह्वान गर्नुअघि सरकारले केके गर्न सक्छ भनेर सार्वजनिक छलफल, बहस गर्छ । हाम्रोमा बहस फिटिक्कै भएको छैन ।

लगानी भन्नाले निजी क्षेत्र मात्रै बुझ्नु हुँदैन । यो त समग्र मुलुकको विकास गर्ने काम हो । कुनै पनि लगानी आउनको लागि सरकारको एकदमै ठूलो भूमिका हुन्छ । हातेमाले सरकराले नै गर्ने हो । लगानीकर्ता एक्लैले कुनै पनि मुलुकमा काम गर्न सक्दैन ।

यो कुरा सरकार, राज्य, राजनीतिक दल, जनता सबैले बुझ्नुपर्‍यो । लगानीकर्तालाई बोलाउने तर कतैबाट पनि सहयोग नहुने हो भने को आउँछ ? एउटा लगानीकर्तालाई राम्रो व्यवहार भएन भने अरू १०० लगानीकर्ता झस्किन्छन् ।

सरकार फेरिनु, मन्त्री फेरिनु वा व्यवस्था यो वा त्यो हुँदा लगानीकर्तालाई खासै फरक पर्दैन । चीनको विकास भएकै छ, जापानको भएकै छ, अमेरिकाको भएकै छ । युरोपेली मुलुक समृद्ध भइसके । त्यसकारण सरकार फेरिनु भन्दा पनि राज्यले अँगाल्ने नीति स्थिर हुनुपर्‍यो । मन्त्रीसँगै नीति फेर्ने परिपाटी अन्त्य गर्नुपर्छ ।

कोभिड महामारी, विश्वका अन्य अवस्था लगायतले शिथिल भएको समयमा लगानी सम्मेलन गर्नु उपयुक्त हो । यस्तो बेला लगानी विस्तार गरेर रोजगारी सिर्जना गर्ने, मुलुकलाई आर्थिक, सामाजिक पक्षमा बलियो बनाउन थप बल चाहिन्छ । तर मुख्य कुरा हाम्रो देशमा काम कहिल्यै हुँदैन । कुरा मात्रै हुन्छन् । कुरा पनि चाहिने, सम्बन्धित विषयमा हुँदैनन्, अनावश्यक भाषण मात्रै हुन्छन् ।

कानुन बनाउनुअघि सम्बन्धित निकायसँग गहन छलफल गर्नुपर्‍यो । लगानी सम्मेलनका लागि बनेका कमिटीले के गरिरहेका छन्, कसैलाई थाहा छैन । राज्यले लुकाएर निर्णय र काम गर्नुपर्ने विषय त यो होइन । प्रजातन्त्र आएपछि सबै ठीक हुन्छ भन्यौं । द्वन्द्व समाधान भए सबै हुन्छ भन्यौं । संविधान बनेपछि हुन्छ भन्यौं । आखिर मुलुकले कागजी कानुन बाहेक केही पाएन । त्यसैले लगानीकर्तालाई विश्वास दिलाउन काम गर्नुपर्छ ।

पर्याप्त छलफल, बहस नभएरै नेपालमा कसैले, कसैको पनि विश्वास नगर्ने अवस्था बनेको छ । कमाउने मान्छे, धनी मान्छे, पूँजीपति, उद्योगी, व्यवसायी त मुलुकका लागि बलिया स्तम्भ हुन् नि ! तिनीहरूलाई तल्लोस्तरको गाली र व्यवहार गर्ने, चोरेर कमाएको, फटाहा हो भने पछि लगानीकर्ताले लगानी विस्तार कसरी गर्छन् ? यस्तो कुरामा राज्य गम्भीर हुनुपर्छ । ठूल्ठूला कुराभन्दा लगानीकर्तालाई स–साना कुरामा विश्वास दिलाउन सक्नुपर्छ ।

प्रजातान्त्रिक मुलुक भन्ने तर कोठामा गरेका निर्णय कोठामै थन्क्याएर कसरी हुन्छ । बोल्ने एकातिर, व्यवहार अर्कोतिर राज्यका निकायले गर्नुभएन । सूचना भनेको सार्वजनिक गर्नुपर्छ । लगानी सम्मेलन किन गर्न लागेको, गरेर के हुन्छ, स्वदेशी लगानी बढ्दा के फाइदा, विदेशी आउँदा के फाइदा सबै कुरा जनस्तरसम्म पुग्नुपर्थ्याे ।

यहाँ त ठूलो कम्पनी वा परियोजना आए राष्ट्रियता खतरामा पर्‍यो भनेर हल्ला फिंजाइन्छ । अनि को आउँछ ? ठूला लगानीकर्ता आउने तयारी गर्नासाथ मुलुकको हितमा छैन भनेर हामी राष्ट्रवादी बन्न पछि पर्दैनौं । यस्तो गर्नुहुँदैन । सबैले आ–आफ्नो हित हेर्छन् नै ।

त्यसैले राज्यले देशको विकासका लागि यो परियोजना आवश्यक छ भनेर बलियो निर्णय गर्ने क्षमता राख्नुपर्छ । स्वदेशको मात्रै लगानी भएर त कुन देशको विकास भएको छ ? यो लगानी सम्मेलनबाट पनि लाभ लिन सकेनौं भने आगामी दिनमा झन् गाह्रो हुन्छ ।

(लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत राधेश पन्तसँग अनलाइनखबरकर्मी मस्त केसीले गरेको कुराकानीमा आधारित ।)

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM