२०८२ माघ २८ गते, बुधबार १७:३४

गृहमा अवैध हुण्डी कारोबारीको कनेक्शन: म्याद नपुग्दै एसपीको सरुवा

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सरुवा भएको ५० दिन नपुग्दै मधेश प्रदेशका पाँच वटा जिल्लाका प्रहरी प्रमुख (एसपी) परिवर्तन गरेपछि प्रहरीभित्र राजनीतिक हस्तक्षेपले सीमा नै नाघेको अर्थ लगाउन थालिएको छ ।
मधेश प्रदेशका तीन एसपी त सरुवा भएको ५० दिन पनि नपुग्दै खेदिएका छन् । बाँकेसहित मधेश प्रदेशका ६ जिल्लाका एसपीहरुमध्ये कोही ५० दिनमा, कोही ६ महिनामा अपमानजनक सरुवा गरिएका छन् ।
दृष्टिका अनुसार बाँकेका एसपी सुवासचन्द्र बोहराका बिरुद्ध स्थानीय पत्रकार, मानवअधिकारवादी र कानुन ब्यवसायीका संगठनले बिरोध गरेका कारण उनलाई विवादमा ल्याइएको थियो । तर, यतिमात्र कारणले एसपीको सरुवा भने हुने गरेको नजीर छैन । बाँकेबाहेक अन्य जिल्लाका एसपीहरुले सहजताका साथ काम गरिरहेका थिए । सर्लाहीका एसपी दयानिधि ज्ञवालीले ४५ दिनमा ३ सयभन्दा बढी फरार अभियुक्त पक्राउ गर्नेदेखि नक्कली नोट कारोबारीहरुको गिरोह नै पक्राउ गरेका थिए ।
उनले हुन्डी तथा तस्करीको लाइन नै ठप्प पारेपछि तस्करदेखि हुन्डीका कारोबारीहरु उनको बिरोधमा थिए । ज्ञवाली आईजीपी बसन्तबहादुर कुँवरको चाहना बिपरीत सरुवा भए पनि उनले प्रहरीको कर्तब्य इमान्दारीपूर्वक नै निर्वाह गर्दै आएको स्थानीय बताउँछन् ।
त्यस्तै बाराको पथलैया हुँदै बिराटनगर र बीरगंजबाट ७० प्रतिशत सामान नेपालका बिभिन्न भागमा आपूर्ति हुन्छ । बाराका एसपी सुरेश काफ्लेले तस्करीको अवैध सामान बरामद गरी राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाउने गरेका थिए । तर प्रहरीले राजस्व कार्यालय पथलैयामा बुझाए पनि राजस्वले घुस खाँदै तस्करलाई उन्मुक्ति दिने र सामान छाड्ने काम गर्न थाल्यो ।
राजस्वले तस्करीका सामान बिनाकारबाही छाड्ने गरेकाले आन्तरिक राजस्व कार्यालय र राजस्व अनुसन्धानको संयुक्त टोलीबाट सामान परीक्षण गराउन थालेपछि तस्करहरु भैरहवाको रुट प्रयोग गर्न बाध्य भएका छन् । मधेश प्रदेशका डीआईजी यज्ञविनोद पोखरेलले तस्करीको लाइन सञ्चालन गर्न खोज्दा पनि धनुषाका एसपी मित्रबन्धु शर्माले रोक्दा उनी पनि कोपभाजनमा परेका छ्न ।
यसैक्रममा भारतबाट म्याद गुज्रिएर अखाद्य बस्तुमा परिणत भएको दाललाई कच्चा पदार्थको रुपमा नेपाल भित्र्याई पोलिस गरी खानयोग्य भनेर नेपालीको जनस्वास्थ्यसँग खेलवाड गर्ने दाल मिल बारा प्रहरीले सिल गरिदिएपछि झन् खैलाबैला मच्चियो । संयोगले दालमिलका संचालकमध्ये एक संजय अग्रवाल आइजीपी कुँवरका हितैषी नै भएकाले उनले हेडक्वाटरसम्म हारगुहार गरे । आईजीपी कुँवरले डीआईजी पोखरेलमार्फत् दालमिल खोल्न दबाब दिएपछि बारा प्रहरीले उक्त फाइल राजस्व अनुसन्धान कार्यालय र आन्तरिक राजस्व कार्यालयतिर पठाइदिए ।
नेपालीलाई अखाद्य दाल खुवाउने गिरोहको मतियार बन्न नसक्नु नै बाराका एसपीको सरुवा कारण बनेको चर्चा छ । संजय अग्रवालको समूहले भारतमा म्याद गुज्रिएको ठूलो परिमाणको दाल बारा र बीरगंजका दाल मिलमा ल्याई पोलिस गरी काठमाडौंदेखि देशका विभिन्न सहरमा आपूर्ति गर्दैआएको छ ।
गएको चैत २० गते बारा प्रहरीले एनआरएन मलेसियाका राकेश कुशवाहा समूहका हुन्डी कारोबारमा छापा हानी साढे १३ लाख नगद र दैनिक कम्तीमा साढे ३ करोड रुपैयाँको कारोबार हुने गरेको फेलापार्यो । कुशवाहको गिरोहबाट दैनिक साढे ३ करोडको अबैध हुन्डी कारोबार भएको मोबाइल र खातापाता बरामद गरेको थियो । कुशवाहको गिरोहले मलेसियामा कार्यरत नेपाली युवाहरुको पैसा मलेसियन रिंगेट नेपाल जान नदिई चीन पठाउने र सोबापत भारतीय ब्यापारीहरुले अर्डर गरेको सामान भारत पठाउने गथ्र्यो ।
भारतीय ब्यापारीहरुले सोबापत पैसा नेपाल पठाउने र नेपालमा पैसाको काम गर्ने जिम्मा राकेश कुशवाहाले गर्दैआएका थिए । यो गिरोहभित्र बीरगंजका सुन ब्यापारी राजु दारुकादेखि आरके मनी ट्रान्सफरका राकेशकुमार कुशवाहा र रमेशप्रसाद कुशवाहा, बिष्णु मनी ट्रान्सफरका बिष्णु केसी, मुजफ्फरपुरबाट आएर लामो समय देखि वीरगंज बस्दै आएका सन्तोष जैनका छोरा बिक्की जैन, जीतपुर सिमराका साजिद अन्सारी, बीरगंजका धिरज गी, संजित, अरुण अग्रवाललगायत छन् ।
त्यसैगरी, बीरगंज र बारामा हुन्डी कारोबार गर्ने भारतीयहरुमा रामशंकर कलवार, जटाशंकर कुशवाहा(भोले), सुबोध जैसवाल, अरुण केशरी, दिलीपजी, सोनु कलवार छन् ।
बारामा आरके मनी ट्रान्सफरका राकेशकुमार कुशवाहको समूह समातिएपछि बीरगंजका ब्यापारीले पर्साका पूर्व एसपी दिवेश लोहनीमार्फत् गृहमन्त्री लामिछानेसँग सेटिङ मिलाएर रातारात मधेशका एसपीहरुको सरुवा गराइएको स्रोतको दाबी छ ।
नाकाबन्दीताका एसपी रहेका लोहनीको पर्सामा राम्रो पकड रहेको छ । हुन्डी कारोबारीहरुले उनैमार्फत् लबिङ गरी सरुवा गराउन सफल भएको स्रोत बताउँछ । लोहनी यसपूर्व ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डमा जेलमा रहेका चुडामणि उप्रेती ‘गोरे’ प्रकरणमा उच्च अदालत बिराटनगरमा मुद्दा चलिरहेका ब्यक्ति हुन् । रवि लामिछानेले नेपाल प्रहरीको बारेमा उनैसँग सल्लाह लिने गरेको गृहस्रोत बताउँछ ।
नेपालको मूल आयस्रोत रेमिटयान्स हो । हुन्डीका ठूला कारोबारीहरुले झापा, मोरङ, पर्सा, भैरहवा, नेपालगंज जस्ता सीमावर्ती जिल्लामा कारोबार फैलाएर बसेका छन् । हुन्डी कारोबारीहरुको यो संजाल यति शक्तिशाली छ कि, उनीहरुले प्रहरी अधिकारीकै सरुवा गराउनसक्ने भएका छन् । यी जिल्लाहरुबाट निर्वाध रुपमा हुन्डीको कारोबार भइरहेता पनि गृहमन्त्री लामिछाने र उनका प्रहरी विज्ञको समन्वयको कारण उनीहरुले संरक्षण पाउँदै आएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM