Friday, November 29, 2024
घरसमाचारपूर्व युवराजको स्वास्थ्य अवस्था खतरामुक्त, शुक्रवार डिस्चार्ज गरिने

पूर्व युवराजको स्वास्थ्य अवस्था खतरामुक्त, शुक्रवार डिस्चार्ज गरिने

क्राइमचेक प्रतिनिधि..
तेश्रो पटक ह्दयाघात भएर उपचारकालागि अस्पताल भर्ना हुनु भएका पूर्व श्री ५ युवराजाधिराज पारस वीर विक्रम शाहको स्वास्थ्य अवस्था यतिखेर खतरामुक्त रहेको र उहाँलाई शुक्रवार डिस्चार्ज गरिने उपचारमा संलग्न चिकित्सकहरुलाई उद्धत गर्दै उनका निकटतम श्रोतबाट जानकारी हुन आएको छ ।

आइतवार साँझदेखि नै छातीमा केही सामान्य असहजता देखिएपनि सोमबार विहान पूर्व निर्धारित कार्यक्रम अनुसार ललितपुरको पाटन क्षेत्रमा रहेको शिव–पार्वती मन्दिर र हिरण्यवर्ण महाविरको पूजा आजा र दर्शन गरेर निवासमा फर्किएका पूर्व युवराज पारस शाहलाई दिउँसो करिब ४ः०० बजेको समयमा ह्दय घातको संकेत देखापरेपछि अस्पताल लगिएको थियो ।

थापाथली स्थित नर्भिक हस्पिटलको सघन अर्थात आइसियु कक्षमा राखेर डा. यादवदेव भट्टसहितको टिमले कुशलतापूर्वक उपचार गरेपछि स्थिति सुधार भई शुक्रवार डिस्चार्ज गरिन लागिएको हो ।

पूर्व युवराज शाहको कोलोनरी एनजिओप्लाष्टीबाट मुटुको भल्वमा देखिएको समस्या खोलिएपछि उनी हाल खतरामुक्त हुनु भएको चिकित्सकहरुले जनाएका छन् ।

यता मध्य पूर्वी तराईको भ्रमणकालागि आइतवार मात्र सिमरा पुग्नु भएका राजदम्पत्ति छोरालाई ह्दयाघात भएको खबर पाउने बित्तिकै आमा पूर्व बडामहारानी कोमल राज्यलक्ष्मी देवी शाह स्थलमार्ग बाटै काठमाण्डौ सोही दिन काठमाण्डौ आइपुगी छोराको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभयो । साँझ अबेर छोराको स्वास्थ्यबारे खबर पाउँदा तत्काल हवाई टिकट नपाएपछि आमा पूर्व बडामहारानी कोमल राज्यलक्ष्मी शाह स्थलमार्गबाटै काठमाण्डौ फर्किनु भएको थियो ।

पूर्व युवराज पारस शाहका पिता एवं पूर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाह भने मंगलवार काठमाण्डौ फर्किने तयारीमा रहेपनि स्वास्थ्य अवस्था सुधार भएपछि भ्रमणलाई निरन्तरता दिनु हुने जनाइएको छ ।

पूर्व युवराज पारस शाहको अस्वस्थताबारे खबर सनसनी रुपमा फैलिएपछि देशभरका शुभचिन्तकहरुले उनको शीघ्रस्वास्थ्यलाभको कामना गरिरहेका छन् ।

(पर्साको वीरगंजबाट प्रकाशित हुने क्राइम चेक साप्ताहिकमा माघ १७ गते प्रकाशित)

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -