२०८३ असार १८ गते, बिहीबार २१:५९

बारामा अबैध घरेलु मदिरा नष्ट

बारा
प्रहरीले बाराको पसौनी गाउँ पालिका १ मा अबैध रुपमा सञ्चालित रक्सी भटृीमा छापामारी गरी बरामद गरेको अबैध घरेलु मदिरा आज नष्ट गरेको छ।
ईलाका प्रहरी कार्यालय गण्डक परिषरमा आज बिहान प्रसौनी गाउँपालिकाका अध्यक्ष भोला प्रसाद गुप्ता, उपाध्यक्ष गीता साह, वडा नम्बर एकका वडा अध्यक्ष लालबाबु मुखिया, वडा नम्बर दुईका सुरेश गुप्ता, तीनका बैजु गुप्ता, चारका आन्नद कुमार गुप्ता, पांचका सनईत साह, छवका बृजकिशोर कुशवाहा, सातका राममणि गुप्ता ,स्थानीयभद्रभलादमी तथा सञ्चारकर्मीको रोहबरमा खाल्टोमा पोखेर उक्त घरेलु मदिरालाई नष्ट गरिएको हो।

ईप्रका गण्डकका प्रहरी निरीक्षक मोहनमान श्रेष्ठको नेतृत्वमा गएको प्रहरीको गस्ती टोलीले मंगलबार उक्त रक्सी भटृृी बाट एक सय ३० लिटर तयारी मदिरा, ९ थान ठुलो ड्रम,रक्सी बनाउन प्रयोग हुने सिलीण्डर पाईप, बाल्टी ,सात वटा गयालेन बरामद गरेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM