Tuesday, November 26, 2024
घरसमाचारपाइलटको प्रेमिकासँग झगडा हुँदा यूएस बंगला विमान दुर्घटनाः प्रतिवेदन

पाइलटको प्रेमिकासँग झगडा हुँदा यूएस बंगला विमान दुर्घटनाः प्रतिवेदन

सरकारले सोमबार गएको वर्ष फागुन २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको यूएस बंगला एअरलाइन्स सम्बन्धि अध्यायन प्रतिवेदन सार्वजनिक गरेको छ । ५१ जनाको ज्यान जानेगरी भएको सो दुर्घटनाको मुख्य दोषी पाइलट क्याप्टेन अविद सल्तान रहेको प्रतिवेदनले निश्कर्ष निकालेको छ ।

गत भदौमा पर्यटन संस्कृति एवं नागरिक उड्डयमन्त्री रविन्द्र अधिकारीलाई अध्यायन समितिले प्रतिवेदन बुझाएको थियो । यज्ञ गौतामको अध्यक्षतामा सरकारले गठन गरेको दुर्घटना जाँचबुझ आयोगले विमानको ब्ल्याक बक्सबाट फ्लाइट डेटा रेकर्डर तथा ककपीट भ्वाइस रेकर्डको अध्यायन गरेर सो प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा पाइलट मानसिक रुपमा तनावमा रहेकाले सो दुर्घटना हुन पुगेको निश्कर्ष निकालिएको छ ।

पाइलटले आफ्ना कुनै पुराना प्रेमिकको कुरा को–पाइलटसंग गरेर समय समयमा चिच्याएको समेत रेकर्डमा पाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ । पाइलटले ककपिट भित्रै पटक–पटक चुरोट समेत पिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनले बंगलादेशबाट नेपालका लागि उडान गर्नुभन्दा पहिला क्याप्टेन सुल्तान र उनकी सोही विमान कम्पनीकी कुनै को पाइलट प्रेमिकाबीच झगडा परेको देखिएको औंल्याएको छ । यो प्रतिवेदनका अनुसार सो दुःखद घटना हुनुमा पाइलटको मानसिक अवस्था रहेको देखिएको छ ।

विमान काठमाडौं पुगेपछि गुराँस प्वाइन्टबाट जिरो टु मा ल्यान्ड गर्न आउनुपर्नेमा गुराँस प्वाइन्टबाट अन्यत्र लागेको प्रतिवेदनमा उल्लेख गरिएको छ । विमानस्थलको एअर ट्राफिक कन्ट्रोलरले दिएकोभन्दा फरक बाटोबाट विमान ल्याण्ड गर्दा  सो दुर्घटना भएको देखिएको छ  । विमानस्थलको जिम्मेबारीमा रहेका कन्ट्रोलरले पाइलटलाई जहाजलाई साउथ जिरो टु बाट ल्याण्ड गर्ने अनुमति दिँदा पाइलटले उत्तर टु जिरो तिरबाट ल्याण्ड गर्छु भनेर उत्तरतिर लागेका थिए ।

पाइलटले उक्त कुरा भनेपछि जहाजमा केही समस्या हो, भन्दा आई एम ओके भनेको  विमानस्थलका अधिकारीहरुले उति बेलै बताएका थिए ।

ल्याण्ड गर्ने बेला ‘एलाइन्मेन्ट’ नमिलेको कन्ट्रोलरले थाहा पाइसकेका थिए । त्यती थाहा पाएपछि जहाज डाइभर्ट गराउनु उपयुक्त हुनेमा अवतरणको अनुमति कन्ट्रोलरले दिनु गल्ति भएको एक आयोगका सदस्यको बुझाई छ ।  कन्ट्रोलरले ल्याण्ड गर्ने बेला पाइलटले रेन्सपोन्स नआएको त्यसपछि जहाज रनवेबाट सिधा ल्याण्ड गर्नुपर्नेमा रनवेबाट दाइनेतिर आएको थियो ।

बम्बार्डिएर डुयास ८–४०० सिरिजको ७२ सिट क्षमताको उक्त जहाज ७१ यात्रु लिएर काठमाडौं आउँदै गरेको अवस्थामा धावनमार्गमा दुर्घटना भएको थियो ।  दुर्घटनामा ४ जना विमान क्रु मेम्बरसहित ५१ जनाको मृत्यु भएको थियो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -