सर्लाहीसहित तराईका अधिकांश जिल्लामा आज बिहानदेखि वाक्लो हुस्सु लागेको छ । वाक्लो हुस्सुसँगै शितलहर पनि बढेको छ ।
जिल्ला सदरमुकाम मलंगवासहित जिल्लाभरि नै बिहानैदेखि वाक्लो हुस्सु लागेकाले जनजीवन प्रभािवत बनेको छ । बिहानजिल्लाको न्यूनतम तापक्रम १३ डिग्री सेल्सीयस मापन गरिएको छ ।
भिजिबिलिटी कम भएकाले पूर्व पश्चिम राजमार्गमा सवारी साधन बत्ती बालेर साविकको भन्दा कम गतिमा गुडेका छन् । यस्तो मौसममा सवारी चलाउँदा र पैदल हिँड्दा सावधानी अपनाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले आग्रह गरेको छ ।
मध्य माघ भैसक्दा समेत तराईका जिल्लामा यस वर्ष पुसमा केही दिन बाहेक वाक्लो हुस्सु र शितलहर चलेको छैन् । बिहान–बेलुका हुस्सु लागेपनि दिउँसोपख घाम लाग्ने गरेकाले तराईबासीले राहत महसुस गर्दै आएका छन् ।