Tuesday, November 26, 2024
घरसमाचाररौतहटमा सवारी दुर्घटना, २६ को मृत्यु

रौतहटमा सवारी दुर्घटना, २६ को मृत्यु

रौतहटमा पछिलो समय सवारी दुर्घटना बढेको छ । चालु आर्थिक वर्षको ६ महिनामा मात्रै रौतहटको बिभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परेर २६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

साउनदेखि अहिलेसम्म गौर चन्द्रपुर सडकखण्ड, महेन्द्रराजमार्ग र जिल्लाको बिभिन्न स्थानमा भएको ७० दुर्घटनामा २६ जनाको ज्यान मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख विजय श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार दुर्घटनामा ९६ जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार गतवर्ष रौतहटमा भएको ८४ दुर्घटनामा ४३ जनाको मृत्यु भएको थियो । ९६ जना घाईते भएका थिए । ट्राफिक प्रहरीको तथ्यांक अनुसार सबभन्दा बढि मोटरसाईकल दुर्घटना भएको छ ।

गत वर्ष वर्षभरीमा भएको ८४ दुर्घटनामा ४३ जनाले ज्यान गुमाएका थिए भन्ने यस वर्षको ६ महिनामै ७० वटा दुर्घटना भएको र २६ जनाले ज्यान गुमाएको तथ्यांक छ ।

तिव्र गतिमा गाडी चलाउनु, हेल्मेटको प्रयोग नगर्नु, मोटरसाईकलमा तीनजना सवार हुनु, ठुलो आवाजमा हर्न बजाएर गाडि चलाउनु, ट्राफिक नियमको पालना नगर्नु, मादक पदार्थ सेवन गरेर सवारी चलाउनु जस्ता कारणले सवारी दुर्घटना बढेको ट्राफिक कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो ।

इलाका प्रहरी कार्यालय लक्ष्मीपुरले घटनाका विषयमा अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -