सन्तोष मिश्र, राकेश चौरसिया
सिमरा, १३ माघ ।
मध्य तराईको दुई साता भ्रमणको क्रममा बाराको सिमरा आइपुग्नु भएका पूर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाह दम्पत्तिको सिमरा विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
दिउँसो तीन बजे वुद्ध एयरलाइन्सको विमानबाट धर्मपत्नी पूर्व श्री ५ बडामहारानी कोमल राज्यलक्ष्मीदेवी शाहको साथमा राजा ज्ञानेन्द्रको सावारी हुने खबर पाएका बारा/पर्सा लगायतको क्षेत्रका विभिन्न राष्ट्रवादी संघ संगठन तथा राष्ट्रवादी सर्वसाधारण नागथरिकहरू हजारौंको संख्यामा हातमा राष्ट्रिय झण्डा तथा आफू आवद्ध संगठनको ब्यानर लिएर बाजागाजासहित पूर्व राजाको भव्य स्वागत गरेका थिए ।
विमानस्थलबाट बाहिरीन लागेका राजदम्पम्त्तीलाई हेर्नासाथ उपस्थित जनसमुदायले राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ । राजा जनता एक हौं जस्ता गगनभेदी नारा लगाउँदै पूर्व राजदम्पत्तिलाई स्वागत गरेका थिए ।
स्वागतको लागि राष्ट्रिय नागरिक संघर्ष समिति तथा राष्ट्रवादी शान्ति समुहका संस्थापक अब्दुल सतार अंसारीको नेतृत्वमा ठूलो. संख्यामा सो संस्थासँग आवद्ध व्यक्तित्वहरुको उपस्थिति थियो ।
त्यस्तै जनक लाल साहले नेतृत्व गर्नु भएको नेपाल राष्ट्रवाद संघ केन्द्रिय कार्यसमिति, पर्सा जिल्ला कार्यसमिति, बारा जिल्ला कार्यसमितिका सदस्यहरुपनि ठूलो सहभागीकासाथ पूर्व राजारानीको स्वागतमा तत्पर देखिन्थे ।
त्यसैगरी शिव सेना नेपाल, राजसंस्था पुनस्र्थापना संघर्ष समिति, विभिन्न राजनीतिक दलका व्यक्तित्वहरु, तथा सर्व साधारण नागरिकहरूको भव्य उपस्थिति रहेको थियो ।
सिमरास्थित आप्mना बालशखा प्रभु शमसेर जबराको निवासमा करिब दुई साता बसी बारा, पर्सा देखि दमक सम्मको भ्रमणको कार्यतालिकाका साथ पूर्व राजाको सिमरा सवारी भएको दरबार निकट श्रोतले बताएको छ ।
नितान्त निजी र धार्मिक भ्रमणमा निस्किएका राजा ज्ञानेन्द्रले यस भ्रमणका क्रममा यस क्षेत्रका विभिन्न तह र तप्काका व्यक्तिहरुसँग देशको समसामयिक स्थितिबारे जानकारी लिनुहुने जनाइएको छ ।
वर्तमान दलीय र गणतान्त्रिक व्यवस्थाले देशलाई बर्बादीको भूमरीमा फसाउँदै गई देशको अस्तित्व नै संकटमा परेको हुँदा राजनीतिक दल तथा वर्तमान दलीय व्यवस्थाप्रति जनतामा निराशा छाएको समयमा देशमा वरु राजतन्त्र नै ठिक भनेर जनताहरु खुल्ला रुपमा बहस गर्न थालेको समयमा पूर्व राजाको यो भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ ।
विस्तृत समाचार आगामी विहीबारको क्राइमचेक साप्ताहिकमा
भिडियो हेर्नुहोस् ।