२०८२ चैत्र २९ गते, आईतवार १०:३८

शौर्य सिमेन्टको ज्यादतीविरुद्ध कटारीमा आन्दोलन 

उदयपुर । उदयपुरको कटारी नगरपालिका ८ का स्थानीयहरू आन्दोलित बनेका छन् । उनीहरू २०६८ साल चैत १३ गते गरिएको सम्झौता अनुसार दोस्रो पक्ष भनिएको शौर्य सिमेन्टले सम्झौता कार्यान्वयन नगरेको भन्दै आन्दोलित भएका हुन । 

कटारी ८ मा रहेको सिमेन्ट बनाउनका लागि प्रयोग गरिने कच्चा पदार्थ, चुनढुङ्गाको उत्खनन सम्झौता विपरीत शौर्य सिमेन्टले उत्खनन गरेपछि उदयपुरको कटारी ८ सिरिसे लगायतका आसपास क्षेत्रका स्थानीयहरू आन्दोलित बनेका हुन ।  

उद्योगले खानी उत्खनन गर्दा पुर्‍याउनुपर्ने मापदण्ड पूरा नगरेका कारण समस्या निम्तिएको हो। उद्योगले खानी उत्खनन गर्दा खानीबाट निस्केर प्रयोगमा नआउने कच्चापदार्थ सुरक्षित स्थानमा राख्नुपर्नेमा अव्यवस्थित रुपमा चुनढुङ्गा उत्खनन गरी पत्थर र माटो बालुवा यत्रतत्र छोडिदिँदा सिरिसे रथलिया टारका स्थानीय कतिखेर माथी बाट ढुङ्गा झरेर किचिने हुन् भन्ने त्रासले बस्न बाध्य भएका छन् ।

दिनहुँ उद्योगका लागि कच्चा पदार्थ चुनढुङ्गा निकाल्दा सो क्षेत्रमा अहिले पानीका मुहान सुक्नुका साथै खेतीयोग्य जमिन बगरमा परिणत हुन थालेका छन् भने सिरिसे, रथलिया टार क्षेत्रका जङ्गलहरू धुलोले सेताम्मे देखिएर सुख्खा जङ्गलको रुपमा रूपान्तरित हुन थालेका छन् । 

शौर्य सिमेन्टले जथाभाबी चुन ढुङ्गा उत्खनन गर्दा वरिपरिको वातावरणमा परेको असरले रुख बिरुवा जङ्गल समेत मासिँदै जाँदा गाउँ नै मरुभूमि जस्तो हुने अवस्थामा पुगेको स्थानीयको भनाई छ ।  पानीको स्रोत नै चुनढुङ्गा र वन जङ्गल भएका कारण गलत तरिकाबाट भएको उत्खननले सो क्षेत्रमा अहिले पानीको हाहाकार नै भएको स्थानीय मनमाया आले मगरको भनाई छ । 

गाउँमा खेती किसानी गरेर बस्दै आएका सिरिसे रथलिया टारका स्थानीय अहिले खेतबारीमा लगाएको खेतीमा उब्जनी नहुने उब्जनी भएपनि चुनढुङ्गा उत्खनन गर्दा निस्केको धुलोले खान योग्य नहुने उनीहरूको भनाई छ । 

गाउँमा बस्न गाई भैँसी बाख्रापाठा पाल्न पर्ने बाध्यता भएपनि उद्योगका कारण पानी सुकेको र जङ्गल मासिएका कारण आफूहरू कृषिमा समेत आत्मनिर्भर हुन नसको भन्दै उनीहरूले आफूहरूको गाँसबास कपासको राज्यले व्यवस्था गर्नु पर्ने बताए । उनीहरूले २०६८ साल चैत १३ गते गरिएको सम्झौता अनुसार आफूहरूको जग्गा खानि प्रयोग कर्ताले खरिद गरिदिनु पर्ने माग राखेका छन् । 

२०६८ साल फागुन २३ गते देखी ३० वर्षका लागि सो क्षेत्रको चुनढुङ्गा उत्खननको अनुमति दिएको देखिन्छ । सरकारले शौर्य सिमेन्टलाई चुनढुङ्गा लैजान अनुमति दिएको भएपनि तत्कालीन समयमै स्थानीय सँग भएको सम्झौता कार्यान्वयनमा नआउँदा अहिले स्थानीयहरू अनिश्चितकालिन बन्दको आव्हान सहित सडकमा उत्रिएका हुन । उनीहरूले राज्य, सिमेन्ट उद्योग र आफूहरूले निर्वाचित गराएर पठाएको जनप्रतिनिधि बाटै पटक पटक धोका भएको भन्दै आफूहरू सँगको सम्झौता पालना गर्न माग गरेका छन् । 

जिल्लाको पर्यावरणको संरक्षण र मानवहरूको अस्तित्व जोगाउनका लागि स्थानीय सरकार र जिल्ला प्रशासनले तत्काल कदम चाल्नु पर्ने भएपनि जिम्मेवारी बाट पन्छिएको र उद्योगसँगै मिलेमतोमा स्थानीयको आवाज दबाउने गरेको स्थानीय यज्ञकुमार राईको आरोप छ ।  

उता कटारी नगरपालिका क्षेत्रका ट्रक तथा टिफर व्यवसायीहरू समेत आन्दोलित भएका छन् । उनीहरूले खानि क्षेत्रका स्थानीयले अनिश्चितकाको लागि यातायात बन्द गरेको भन्दै  आफूहरूको व्यवसाय पटक पटकको बन्द र हडतालको मारमा परेको र स्वतन्त्रपूर्वक गरिखान पाउनु पर्ने अधिकार हनन भएको भनि आन्दोलित भएका हुन ।

शौर्य सिमेन्टको ज्यादतीले स्थानीय मारमा परेकै छन् भने उनीहरूको आन्दोलनले ट्रक टिफर व्यवसायी समेत मार्कामा पर्न थालेका छन् । 

जथाभाबी कच्चा पदार्थ उत्खननले सुन्दर शान्त गाउँले जन जीवन सङ्कटमा परेको छ । स्थानीयको गर्जो समेत सङ्कटमा पर्न थालेको छ।  शौर्य सिमेन्ट उद्योगहरूले संविधानले दिएको नागरिकको स्वतन्त्रपूर्वक बाच्न पाउने अधिकार समेत हनन गरेको देखिन्छ ।

यस समस्याको समाधानका लागि बेलैमा सरकारले उचित कदम नचाले यसले विकराल रूप लिने देखिन्छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178
rajamania slot gacor sritoto rajamania slot88 beb88 raintoto relic88 koi77 sritoto sritoto sritoto sritoto sritoto sritoto sritoto
slot gacor m77 m77 bendera62 bendera62 bendera62 andara88 andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM