२०८३ बैशाख ३१ गते, बिहीबार ०७:२५

हुण्डी कारोबार बढ्यो: ३७ लाखसहित दुई पक्राउ

सर्लाही । सर्लाही प्रहरीले हुन्डीको कारोबार गरेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट ३७ लाख रुपैयाँ समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ।

आइतबार दिउँसो प्रहरी निरीक्षक सविन कार्कीको टोलीले मलंगवा नगरपालिका-९ स्थित सडक खण्डमा २४ वर्षीय कमर राजालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उक्त रकम फेला परेको हो। कालो रङको झोला पिठ्यूँमा बोकी हिँड्दै आएको अवस्थामा जाँच गर्दा १ हजार दरको १० लाख रुपैयाँ र बैंकको २ वटा ९ लाख ९० हजार दरको चेक फेला परेको थियो।

प्रहरीको बयानमा राजाले रकम आरिफ अन्सारीले सञ्‍चालन गरेको फोन सिटी मोबाइल पसलबाट ल्याएको बताएका थिए। त्यसपछि प्रहरीले मोबाइल पसलमा पुगेर खान तलासी गरेको थियो।

पसलभित्र कपडाको झोलामा लुकाई राखेको थप २७ लाख ७५ हजार रुपैयाँ फेला परेको छ। प्रहरीले अन्सारीलाई पनि नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

Live

Listen Live FM