२०८३ जेष्ठ ४ गते, सोमबार ०७:०२

अब हिन्दू समाजको आवश्यकता छैन

– धीरेन्द्र तिवारी

शीर्षक पढ़ेर तपाईंलाई लाग्यो होला यसले किन यस्तो भन्दैछ? कतै पागल पो भयो कि? तर सत्य यहि हो।

हाम्रो समाज बिकृति फैलिइरहेको छ। मारवाडी समुदायले कहिल्यै पनि भन्दैन कि यो अग्रवाल समाज, टिवडेवाल समाज, शर्मा समाज, अन्य अन्य भन्दैनन्। जहिले पनि मारवाडी समाज नै भन्छन्। यिनीहरू प्रत्येक सामाजिक कार्यमा उदारता र उत्साहपूर्वक सहभागी हुन्छन्।

त्यस्तै पंजाबी समुदायका कसैले पनि फलानो र ढिस्कानो जात भन्दैनन् सबै एक भएर सामाजिक कार्यमा सरिक हुन्छन्।

यति मात्र नभई मुस्लिम मुस्लिम सम्प्रदायले समेत अंसारी, खान, पठान नभनि मुसलमान भनेर एक हुन्छन्।

तर खै सनातनीहरूमा खासगरी मधेशी समुदाय कता गैरहेको छ भन्न गाह्रो छ। सनातनी हिन्दू समाजले मान्ने पर्वहरू जातीवाद हुँदै गैरहेका छन्।

विभिन्न ठाउँमा विभिन्न जातको नाममा आयोजना भैरहेका “होली मिलन समारोह” ले पनि हिन्दूहरू जातिवादमा विभक्त रहेको पुष्टि गर्दछ। सनातनी हिन्दू समाज यसरी विभिन्न जातजातीमा विभक्त हुँदा सनातनी सभ्यता नै संकटमा पर्ने चिन्ता बढेको छ।

जातीय संगठनले होली मनाउने यसको उद्देश्य जातिवाद मेटाउने हो न कि जातिवाद ल्याउने हो।

कथित हिन्दू अगुवा, धर्मका ठेकेदार, जातका ठेकेदारहरू भित्र भित्रै विदेशी आईएनजिओको प्रभावमा परेका कारण पनि हिन्दू समाज दिनानुदिन पतन हुने खतरा छ।

विगतमा एकजुट भएर मनाईदै आएको पर्व दशै, तिहार, छठ जस्ता पर्व र जन्ति देखि मलामी सम्ममा एक अर्काको सहयोगी हुने वातावरण अब आगामी दिनमा निश्चित जातीमा मात्र समेटिने खतरा बढेको छ।

प्रतिक्रिया लेख्नुहोस्

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

Live

Listen Live FM