२०८३ बैशाख २४ गते, बिहीबार ०६:३४

मधेशवादी दलले मधेशलाई बर्बाद पारे : लिङदेन

वीरगंज/राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनले मधेश बर्बाद हुनुमा मधेश केन्द्रित दलहरू मुख्य दोषी रहेको आरोप लगाएका छन्।

राप्रपा पर्साले मंगलबार वीरगंजमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्नु हुँदै केन्द्रिय अध्यक्ष माननीय लिङदेनले त्यस्तो आरोप लगाउनु हुँदै संघीयता खारेजीको माग गर्नु भयो।

उनले आवश्यक परे राष्ट्रियसभा पनि खारेजी हुनुपर्ने बताए।मधेसमा आफ्नो पार्टीको स्थिति दयनीय रहेको बताउनु हुँदै उनले पार्टीमा छलफल गरेर मधेसको कुरा सुनेर अघि बढ्ने बताए ।

मधेसको नाममा पार्टी खोलेर प्रधानमन्त्रीबाहेक पटक–पटक मन्त्री भएका नेताहरुकै कारण मधेसपछि परेको लिङ्देनको भनाइ थियो।उनले राजाको पालामा स्थापना भएको वीरगंज चिनी कारखाना, जनकपुर चुरोट कारखाना, कृषि औजार कारखानाजस्ता उद्योगहरु अहिले आएर नेताहरुका कारण बन्द भएको बताए।

गणतन्त्र, धर्मनिरपेक्षता आएपछि सबैभन्दा बढी दुःख मधेसले पाएको उनको भनाइ थियो। परिवर्तनले देशलाई फाइदा मात्रै नभइ घाटा पनि पुर्‍याउन सक्नेतर्फ सचेत गराउने पार्टी राप्रपा मात्रै भएको लिङ्देनको जिकिर थियो। संघीयता र गणतन्त्रले केही मानिसहरु मात्र मोटाएको उनको आरोप थियो।

सो अवसरमा राप्रपाका, रवीन्द्र मिश्र, धबल शमशेर जबरा, ज्ञानेन्द्र शाही, नेतृ खुशबु ओलीलगायतले सम्बोधन गर्नु भएको थियो।कार्यक्रममा पर्सा जिल्लाबाट नेतृत्व गरीरहनु भएकी सांसद विणा जायसवाल, जिल्ला अध्यक्ष सुमेश्वर उपाध्याय, उपाध्यक्ष नीरा झालगायतको उपस्थिति रहेको थियो।

सो अवसरमा विभिन्न पार्टी परित्याग गरि राप्रपा प्रवेश गरेकाहरूलाई केन्द्रिय अध्यक्ष लिङदेनले टिका, खादा र माला लगाएर पार्टीमा स्वागत गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM