काठमाडौं । गृहमन्त्रालयले रिक्त रहेको अध्यागमन विभागको महानिर्देशकमा कोषहरि निरौलालाई पठाएको छ । गृहमन्त्रालयले मंगलबार सहसचिव निरौलालाई अध्यागमन विभागमा पदस्थापन गर्ने निर्णय गरेको हो ।
रुद्रसिंह तामाङबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानीको भ्रष्टाचारमा मुद्दा दर्ता गरेपछि महानिर्देशक पदरिक्त थियो । उक्त पदमा तामाङभन्दा अघि झलकराम अधिकारी थिए । उनी ६० किलो सुन तस्करी प्रकरणमा मुछिएपछि गृहमन्त्रालयमा तानिएका थिए ।
त्यसैगरी गृहमन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरबदल गरेको छ । संखुवासभा, अर्घाखाँची, लमजुङ, ओखलढुंगा, रोल्पा, जाजरकोट, धनुषा, खोटाङ, कैलाली, दार्चुला, तेह्रथुम र ताप्लेजुङका सीडीओ सरुवा भएका छन् ।