२०८३ बैशाख ३१ गते, बिहीबार ०८:४५

नेपाल रेल्बे मा.वि.द्वारा बिदाइ कार्यक्रम सम्पन्न

राजन रौनियार/

वीरगंज/

वीरगंजस्थित श्री नेपाल रेल्वे मा.विले कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुको बिदाइ गरेको छ।

वीरगंज वडा नम्बर ९ मा रहेको उक्त विद्यालयमा अध्यनरत ९ कक्षाका विद्यार्थीहरुले कक्षा १० का विद्यार्थीहरुलाई विद्यालयको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरि बिदाई गरेका हुन ।

विद्यालयका प्र.अ प्रभु रौनियारको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर ९ का वडा अध्यक्ष जवाहर प्रसाद गुप्ताले वीरगंजको मुटुमा रहेको एक मात्र सरकारी विद्यालयको रुपमा स्थापित विद्यालयलाई चौतर्फी हेला गरेको बताए । विद्यालय घण्टाघरको मुटुमा रहेको र यस वडाको एक मात्र विद्यालय भएको हुनाले स्थानीय सरकार, यहाँका उद्योगी, व्यवसायी, समाजसेवी लगायत विभिन्न संघ संस्थाले मिलेर यस्को बिकास गर्नु पर्ने देखिएतापनि हाल सम्म कुनै पनि निकायले सो सहकार्य नगरेको प्रति दुखेसो पोखे।आफूहरुको कार्यकालमा विद्यालयलाई चौतर्फी बिकासको लागि सक्दो सहयोग गरेको र आउने दिनमा सो सहयोग जारी रहने बाचा वडाध्यक्ष गुप्ताले गरे तर आफूले मात्र विद्यालयमा सबै कुरा व्यवस्थापन गर्न न सक्ने र यसको लागि सबैको सहजीकरण, सहकार्य आवश्यक रहेको बताए ।

विद्यालयमा नियमित र इग्जामटेड गरि कुल ६९ जना विद्यार्थीले आउदो एस.इ.इ को परीक्षा दिने विद्यालयका लेखा पाल जगमोहन रौनियारले बताए । कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिजय रौनियार, धिरज पासवान, सोनिकुमारी, वडा समितिका सदस्य सोनी पासवान, गीता मानन्धर लगायत शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन विद्यालयका सहायक प्र.अ मनोज यादवले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

Live

Listen Live FM