२०८३ बैशाख २४ गते, बिहीबार ०७:४६

राप्रपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने

काठमाडौँ/राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने भएको छ।

राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको सोमबार काठमाडौँमा सम्पन्न बैठकले नयाँ सत्तारुढ गठबन्धनमा सहभागी नहुने र प्रधानमन्त्री दाहाललाई विश्वासको मत पनि नदिने औपचारिक निर्णय गरेको हो।

त्यसैगरी प्रदेश सरकारमा पनि तत्काल सहभागी नहुने र समर्थन गर्नुपर्ने कुनै अवस्था आएमा सम्बन्धित प्रदेशको परामर्शमा आफूले निर्णय लिने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताए।राप्रपाले इलाम क्षेत्र नम्बर २ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचन र बझाङ प्रदेश सभा १ मा हुने उपनिर्वाचनमा पार्टीले भाग लिने पनि निर्णय गरेको छ।दुई वटै स्थानमा हुने उपनिर्वाचनको उम्मेदवार छनौटका लागि सम्बन्धित प्रदेशका अध्यक्षले सम्बन्धित जिल्लाको अध्यक्षसँग समन्वय गरी उम्मेदवार सिफारिस गर्न जिम्मेवारी दिने निर्णय पनि बैठकले गरेको अध्यक्ष लिङ्देनले बताए।

त्यसैगरी बैठकले आगामी चैत्र १६ गते हुने भनिएको काठमाडौँकेन्द्रित जनप्रदर्शन एसइई परीक्षाको कारण देखाउँदै चैत्र २७ गतेलाई सारेको छ।राप्रपाले पार्टीका केन्द्रीय कार्य सम्पादन समितिका सदस्य ठाकुरमोहन श्रेष्ठमाथि आक्रमणमा संलग्नमाथि कारबाही गर्ने जिम्मेवारी पनि पार्टी अध्यक्ष लिङ्देनलाई दिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM