२०८३ असार १८ गते, बिहीबार २३:४५

माओवादीबाट श्रेष्ठको मन्त्रालय फेरिने उर्जामा बस्नेत र सञ्चारमा शर्मा नै दोहोरिने

काठमाडौं। नवगठित गठबन्धनले मन्त्रालयको भागबण्डा टुंगो लगाएसँग सरकारमा सहभागी हुनेहरुकाे नाम पनि तय गरिसकेको छ।

सरकारमा पाँच मन्त्रालय पाएको माओवादीले पुरानै दुई मन्त्रालयमा भने निवर्तमान मन्त्रीहरुलाई नै निरन्तरता दिने भएको छ ।

सरकारमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेकी रेखा शर्मालाई सोही मन्त्रालयमा माओवादीले पठाउन लागेको छ भने उर्जामा पनि शक्ति बस्नेतलाई यथावत राख्ने निर्णय गरेको छ।

निवर्तमान उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई मन्त्रालय स्थानान्तरण गर्दै उपप्रधानसहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिन लागेको छ। यस्तै अर्थमन्त्रीमा उपमहासचिव वर्षमान पुन र पर्यटन मन्त्रीमा हितबहादुर तामाङलाई पठाउने निर्णय गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM