बाराको सिम्रौनगढमा गुञ्जियो राजा आउ देश बचाउको नारा
पृथ्वी नारायण शाहको प्रशंसा गर्दै गर्जिए अंसारी
वीरगंज, २१ पौष/
बाराको सिम्रौनगढमा राजसंस्था पुनर्स्थापनाको माग गर्दै भव्य र्याली निकालिएको छ ।
“राजा ल्याउ“ देश बचाऔं, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, राजा जनता एक हौं” लगायतका गगनभेदी नारा लगाउँदै राष्ट्रिय नागरिक संघर्ष समितिका सदस्य एवम् राष्ट्रवादी नागरिकहरूले नगर परिक्रमा गरेका थिए ।
नगरपरिक्रमा पश्चात कोणसभालाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि राष्ट्रिय नागरिक संघर्ष समिति पर्साका संयोजक तथा राष्ट्रवादी शान्ति समूह पर्सा बाराका संस्थापक अध्यक्ष अब्दुल सतार अंसारीले यो मुलुक पृथ्वी नारायण शाहले अर्जेको र राजा रजौटाहरूले रक्षा गर्दै आएको देश भएको बताउनु भयो ।
सत्तार असारीले अगाडी भन्नु भयो, “ जसरी आफ्नो सन्तानको माया आमा बाबुलाई मात्र हुन्छ त्यसैले आमाबालुले भन्दा बढी आफ्नो सन्तानको रक्षा गर्न सक्दैन त्यसरी नै यो देशको एकीकरणकर्ता र निर्माता पृथ्वी नारायण शाहका वंशावली बाहेक कुनै पनि दलका नेताहरूले यो देशको स्वाभिमानको रक्षा गर्न नसक्ने बताउनु भयो ।
राजतन्त्र बिना यो देश र यहाँका जनता अभिभावक विहीन टुहुरो भएको र देश बर्बादीको संघारमा पुगेको बताउनु हुँदै महम्मद सत्तारले अब पनि राजसंस्था पुनर्स्थापनामा ढिलाई भयो भने नेपाल र नेपालीको अस्तित्व नरहने गम्भीर चुनौती आइपरेको दाबी गर्नु भयो ।
कार्यक्रममा विशिष्ट अतिथि राष्ट्रिय नागरिक संघर्ष समितिका रौतहट जिल्ला अध्यक्ष वीरेन्द्र गिरी, केन्द्रिय सदस्य अणु राणा लगायतले सम्बोधन गर्नु भएको थियो ।
यस अघि सिम्रौनगढका शिवशंकर ठाकुरको संयोजकत्वमा राष्ट्रिय नागरिक संघर्ष समितिको ५१ सदस्यीय गाउँस्तरीय समिति गठन गरिएको थियो ।
महेन्द्र साहले संचालन गर्नु भएको सो कार्यक्रममा अब्दुल सतार अंसारी, अणु राणा, शत्रुघ्न साह, वीरेन्द्र गिरी, असरफ अंसारी, उमेश साह, मनिफ अंसारीलगायत स्थानीय राष्ट्रवादी महिला तथा पुरुषहरूको भव्य सहभागिता रहेको थियो ।
हेर्नुस् भिडियो
















