Thursday, January 9, 2025
घरविचारसार्वजनिक चासो"ऋषिपञ्चमी बिदा" मेरो प्रश्न -डा. अरुणा उप्रेती

“ऋषिपञ्चमी बिदा” मेरो प्रश्न -डा. अरुणा उप्रेती

-डा. अरुणा उप्रेती

१४ वर्ष वनबास बस्दा सीताले ऋषि पंचमीको वर्त लिएर ‘पाप’ पखालेको कथा कतै पढिएको छैन । न त द्रोपदीले १२ वर्ष वनबास एक वर्ष गुप्तवास बस्दा ‘छुइ’ भएर बसेको र पाण्डवहरुले उनलाई भिन्दै कोठामा राखेका कथा सुनिन्छ । त्यो बेलामा कि उनीहरुले कुनै औषधि खाएर महिनावारी सुकाएका थिए ?

नेपाल सरकारले ॠषि पञ्चमीमा बिदा दिने रे , काम नभए पछी यस्ती नकाम गर्ने बुद्धी फुर्छ सरकारको । ॠषि पञ्चमीमा बिदा दिनु को के अर्थ ? के हिन्दू महिला हरुले महिनवरी हुँदाको पाप पखल्नु भनेर दिएको हो ?
यदि पण्डितहरुले ऋषिपञ्चमीको बारेमा भनेको कुरा साँच्ची नै हुने हो भने म त पापी नै भएछुु । मृत्यृ पछि शायद नर्कमा पर्नेछु, भकभक उमालेको तेलमा पाक्नेछु । किनभने मैले कहिले पनि पचंमीकोबर्त लिएकै छैन ।

“महिलाहरुको महिनावारी हुनु भनेको पापहो र यो बेलामा महिलाले कुनै वस्तुलाई छोएको पाप पखाल्न पचंमीको बर्तबस्नुपर्छ” भनेर सानै देखि सिकाइएकोले होला हिन्दु महिलाहरु पण्डितजीको भयको कारणले थर थरकाँप्दै पचंमको वर्त बस्छन । यदि महिनावारी हुनु भनेको पापहो भने त त्यही महिनावारीको रगतको कारणले जन्मेका पुरुषहरु र महिला चाँही के भए त? ,किन कसैले यो प्रश्न न गरेका होलान ? यो प्रश्न मैले आफुलाई शायद १२ वर्षको उमेरमा गरेकि थिएँ कि क्या हो । मैले कहिले महिनावारीलाई पापको रुपमा हेरिन र नजानेर एउटा क्रान्ति नै गरेकी थिएं ।

१२ वर्षको उमेरमा मपहिलो चोटी महिनावारी हुदाँ, भोलिपल्ट घटस्थापना थियो । यदि मैले आफुले महिनावारी भएको कुरालाई जानकारी दिए भने आमाले १२ दिन सम्म अध्याँरो कोठामा राखिदिनु हुनेछ, अनि मेरो दशैंमा मीठो खाने,नयाँ लुगालगाउने, दक्षिण पाएर अनेक थरिक चिज किन्ने तास खेल्ने, चंगा उडउने सबै कुरा हराँउछन भन्ने डरले मैले भन्दै भनिन ।  त्यो बेलाको महिनबारिमा मैले मन्दिर् गएको, श्राद्धमा भाग लिएको पाप पखाल्न ऋषिपंचमीको वर्त मैले कति जन्मसम्म बस्ने पर्ने हो मलाई कुनधर्मगुरुले भनिदिनुहोला होला ? यदि साँची नै रजस्वला हुदाँ भगवानको मन्दिर छोएर रोग लाग्ने भए त मलाई कति धेरै रोग लागि सक्थ्योे होला ?

एक् धर्मगुरुल ेमलाई भनेका थिए “रजस्वलाहुँदाखेरि जुन रगत जान्छ त्यसमा कीटाणु हुन्छन् रे ,दूषित कीटाणुका कारण नै मन्दिर र भान्साको प्रवेशमा पनि रोक लगाइएको हो । शास्त्रमा लेखिएको कुरा साँचो हुन्छ । “
कसले गुरुलाई यस्तो पाठ पढायो ? यदि दुषित किटाणु रजस्वलाको रगतमा हुन्छ ? भने त्यही रजबाट सृजित पण्डित जी पनि दुषित हुने हो कि ?

हिन्दु संस्कृतीभित्र महिलाको पाप पखाल्न ऋषिपंचमीको वर्त लिनलगाउने पण्डितजीले पुरुषको पाप पखाल्न के वर्त लिनेसल्लाह दिन्छन होला?

फेरी कस्तो अचम्म छ महिनावारी बेलामा छोएको पाप केबल हिन्दु महिलालाई मात्र किन लाग्न ेहोला?
अन्य धर्मका महिलाहरुको रगत र् शरीर् नै भिन्दै थरिको हुन्छ कि के हो ? हिन्दु महिलालाई रजस्वला हुदाँ छोएको पापपखाल्नु पर्ने तर मुस्लिम, क्रिश्चियनलाई महिलालाई नपर्ने ? नेपालका पनि विभिन्न जात जस्तो तामाङ, गुरुङ र्शेपा, मगर माझी समुदायका महिलाहरुको रजस्वला हुँदा चाँही पाप नलाग्ने ? उनीहरुले ऋषीपंचमीको वर्त बस्न नपर्ने?
भारत्को आसामको कामख्या मन्दिर कि देवि पनि असारमा रजस्वला हुन्छिन भनेर मान्यता छ । त्यो बेलामा उनले प्रयोग गरेको कपडा चाँही अति शुभ मानेर भक्तजनले लैजान्छन रे । कामाख्यादेवि नै महिनावारी हुदाँचाँही पण्डितजी को भनाइ अनुसार मन्दिर अपवित्र भएन त भनेर प्रश्न गर्ने बेलामा भएन र ?

यस्तो प्रश्न पण्डितजीलाईकसले गर्ला ? क्रषि पञ्चमीममा वर्त बसेर शहरका महिलाले पाप पखाल्नु पर्छ भन्नु र महिनावारी हुदा महिलाहरु छाउगोठ, बस्नुपर्छ भने मानसिकता एउटै हो । छाउपाडी बस्न अब कानुनले नै रोक लगाउन थालेको छ । तर ऋषि पंचमीमा महिलालाई बिदा दिने चलनले के देखाउँछ भने कानुनले पनि महिलालाई यो दिनमा वर्त बस्नु पर्छ र महिनावारी हुँदा महिलाहरुले कसकसलाई छोएर के के पाप गरेका हुन्छन भन्ने कुरा विश्वास गर्छ,महिलालाई यस्तो गतल धारणले कमजोर बनाउँछ”

के हिन्दु महिलाहरुले हामी त्यही विश्वासलाई मानेर ऋषी पंचमीमा ‘पाप’ पखाल्ने ?

ऋषिपंचमीलाई पाप को पखाल्ने पर्व नमानेर “स्वच्छताको पर्व” भनेर मनायो भने शायद संस्कृतिको रुपान्तरण सकारात्मक ढगंबाट हुन्थ्यो होला । ऋषिपंचमीको दिन किशोरीलाई महिनावारी हुँदा कसरी स्वच्छ रहने,महिनावारी हुँदा पर्ने साधारण समस्या कसरी समाधान गर्ने भन्ने बारेमा छलफल चलाउन सकियो भने संस्कृतिले साँच्ची सकरात्मक संदेश फैलाउनेछ । । ऋषि पञ्चमीलाई स्वस्थ्य हुने ज्ञान बाडने दिन बनाउने कि ‘पाप’लाई पखाल्ने दिन बनाउनेगर्ने कि सरकारले ?

यो पनि पढौं
ऋषि पञ्चमी के हो ? यो किन मनाइन्छ ?

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -