दिवङ्गत सूर्य बहादुर थापा, जिउँदो इतिहास लोकेन्द्र बहादुर चन्द , डाक्टर प्रकाश चन्द्र लोहनी र पशुपति शम्सेर राणाले महसुश गरे कि खेलाडी कमल थापामा भएको राजनीतिक चातुर्यमा हाम्रो अनुभव र सल्लाह दिएर अगाडी बढाउन पाए धर्म निरपेक्ष र गणतन्त्रको मनपरीले देश खाल्डोमा जानबाट जोगिन्थ्यो भन्नेका खातिर आदरणीय कमल थापाज्यूलाई राजनितिक व्यक्तित्व बनाएर मैदानमा पठाएको हुनाले र जुन दिनसम्म यी चार खम्बाको आशीर्वाद कमल थापालाई थियो कमल थापाको हौसला ऊर्जा बढ्यो र राजसंस्था पुनर्स्थापनाको लागि इँटा पनि थपिँदै गयो ! झण्डै २३/२४ सिट प्रत्यक्ष पाएको राप्रपा अध्यक्ष कमल थापा ज्यु गणतन्त्रको समुद्र सफा गर्न भनेर आजका रवी लामिछाने जसरी खहरो लिएर नदि हुँदै समुन्द्र (नर्क दह ) मा छिरे भनिरहनु नपर्ला आफैं डुबे !
चार खम्बासँग खुबि नभएर होइन, भविष्य बुढोको भन्दा अधवैँशे को हो भनेर कमल थापाले मौका पाएका हुन !
त्यसैगरी आज पनि नेपालमा पत्रकारितामा अब्बल नाम खोज्ने हो भने पहिलो उमेर र अनुभव क्षमताको कारण १, युवराज गौतम हुनुहुन्छ भने अर्का २, युवराज घिमिरे हुनुहुन्छ र ३, मा चातुर्य अनि तगडा पत्रकार भनेर चिनिने निर्मल लामाले खुट्टा टेकाएका र घट्ना र बिचारबाट परिचय बनाउनु भएका मेरा अग्रज तपाईं स्वयम् हुनुहुन्छ ! त्यसपछिका नाम कमाउने भनेका तपाई तिन जना बाटै प्रेरणा पाएर उदाएका हुन जो जिबराम भण्डारी देखि दिल भुषण पाठक देखि बिजय कुमार, भुषण दाहाल लगायत सबै नयाँ पुस्ता हुन !
तपाईंलाई पनि युवराज गौतम \ युवराज घिमिरे भन्दा विद्वान् भनेर दरबारले च्यापेको हौसला दिएको होइन कि बाह्रबुंदेका हतियार र धर्म निरपेक्षका मतियारसंग सिँगौरी खेल्न हौसला दिएको हो ! तपाईं आफूलाई अवब्बल सम्झनु दोस्रो कमल थापा कै पदचाप पछ्याउनु हो र जसरी कमल थापा आफ्नै जन्मथलोमा पछारिनु भयो र आज झल्याँस्स हुनु भएको छ र अन्ततोगत्वा आफ्नै देशको जग अर्थात् राजसंस्था प्रति इमानदार भएर प्रस्तुत भैरहनु भएको छ , , , तपाईं भाग्यमानी हुनुस न हजुर देखेर चेत्नुस ! देश देश भएर बाँच्न राजसंस्था नेपाली सेना र जनताको मिलन हुनुपर्छ भनेर कसैले भन्दा त्यसमा भारत थप्ने को हो हजुर आफैं ले चिनिहाल्नु हुन्छ, मैले केहि भन्नु पर्दैन !
अर्को प्रसङ्गमा जाउँ महानिशा लेखेर दरबारको धन्यवादको प्यारो पात्र तपाईंलाई थाहा नहुने मलाई थाहा हुने पक्कै होइन तर राजाले आफ्नो गद्दीको लागि आन्दोलनको संकेत स्वरुप आज अभिनन्दित हुँदै होइन ! गणतन्त्र त अभिशाप भयो तर त्यसको सट्टामा राजतन्त्र हो त , ? जनता मसँग छन् त , , , भनेर राजा जनताको समिप होइबक्सेको हो न कि आफूलाई अभिनन्दन गरुन वा भोलि मेरो लागि आन्दोलित भैदिउन भनेर राजा नितान्त रुपमा शास्त्रीय मार्गमा हिँडेको प्रष्ट देखिन्छ न कि सशस्त्र मार्गमा यो पनि हजुरलाई भलिभाँति जानकारी छ ! हिन्दु राष्ट्रको पक्षमा कति जनता छन् भनेर हस्ताक्षर अभियानमा म पनि हजुर संगै हिँडडुल गरेको हुँ ! त्यो लाखौंको हस्ताक्षर पहिले निर्मल निवास पुगेर निहुरियो कि सितल निवास पुगेर तपाईंले टाउको उठाउने मौका पाउनुभयो यो भने मलाई जानकारी छैन !
मातृभुमिकालागि नेपाली एउटा विशुद्ध धार्मिक संगठन भनेर चिनिन्थ्यो जब केशर बहादुर विष्टज्यूले राष्ट्रिय शक्ति गठन गर्नुभयो तब तपाईं ले नागरिक शक्ति गठन गर्नुभयो, राम प्रसाद उप्रेति र डाक्टर मनोहर लाल जस्तो सज्जनलाई च्याँखे थापेर केशर बहादुर, नेपालका लागि नेपालीलाई धुलो चटाउने नियत सहित भनेर कतै सुनेको थिएँ आज हो जस्तो लाग्यो । किन यसरी हजुरको दिन यसरी बिपरित तिर गैइरहेकोछ ? यदि होइन भने आज हजुरसंग डाक्टर अहिराज, आचार्य देखि डाक्टर तिलक रावल , मनोहर लाल, राम प्रसाद किन टिक्न सक्नु भएन ! हजुरको खुबि त बिर गोर्खालीको भन्दा चौबर हुनुपर्ने जसले मनिषा कोइराला देखि जगत मान गुरुङ अनि शंकर भण्डारी, भिम रावललाई राजावादी मञ्चमा बस्न बस्न बाध्य बनायो ! तपाईंबाट त अझ अब्बल गणतन्त्रवादीलाई अर्थात् प्रचण्ड केपी शेर बहादुरलाई समेत यो देशमा राजसंस्था अपरिहार्य छ भनेर बुझाउन सक्नुपर्ने हो ! आफ्नो अफिसमा कतिपय विद्वान् विश्लेषण/विश्लेषकहरुले आफ्नो आदर्श मोदीलाई मान्छन् भन्ने सुन्नमा आउँछ ! यस्ता विदेशी आदर्शलाई पन्छाएर पृथ्वी नारायण शाह एक्लो प्रेरणा हुन नेपाल नेपालीको लागि भनेर सन्देश दिन तपाईंको महत्वपूर्ण भुमिका हुनुपर्नेमा अन्यत्र हजुरको ध्यान कसरी मोडियो ?
राजा जनताको आलिङ्गनलाई किन यसरी दिगभ्रमित गर्नेतिर आफ्नो विश्लेषण गयो मलाई ताज्जुब लाग्यो ! जसरी हजुरले आफ्नो कुरा बिना संकोच मौसुफलाई सिधा जाहेर गर्न सक्नुहुन्थ्यो त्यसो नगरी खुल्ला आफ्नो भनाई राख्नु भयो मैले पनि म्यासेन्जर भाईवर whatsup को माध्यम नबनाएर मुहार पुस्तिका मार्फत खुल्ला रुपमा प्रस्तुत गरेँ हजुर कै पदचाप पच्छ्याएँ ! आखिर हजुर कै संगठनको बिभाग प्रमुख भएर काम गरेको थिएँ ! संगत अनुसार को फल , , , , , , हजुरको सदैव जय होस !
आगे आगे गोरख जागे !
– मनिराज सत्याल