२०८३ बैशाख ३१ गते, बिहीबार ११:२९

हत्या गरेर लुकाएको अवस्थामा एक महिलाको शव बरामद

जनकपुरधाम । धनुषामा हत्या गरिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । जिल्लाको धनौजी गाउँपालिका- ४ भडरियास्थित आँपको बगैँचामा परालले छोपिएको अवस्थामा महिलाको शव फेला परेको हो ।

शव हेर्दा हत्या गरेर लुकाउन परालले छोपिएको जस्तो देखिएको प्रहरीले जनाएको छ । मंगलबार विहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाको अनुसन्धानका लागि प्रहरीले तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरेको छ ।

शवको प्रकृति हेर्दा २/३ दिन अगाडि नै हत्या गरिएको जस्तो देखिएको घटनास्थलमा पुगेका प्रहरीले बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

Live

Listen Live FM