शम्भु घिमिरे
वीरगंज/ कथावाचक श्री निवास आचार्यले हिन्दूहरूमाथि दमन, शोषण र अत्याचार गर्न राज्य संयन्त्र नै लागेको आरोप लगाउनु भएको छ।
वीरगंजस्थित राणीसती धर्मशालामा हिन्दूवादी एवं राष्ट्रवादी अगुवाहरूसंगको भेटघाटका क्रममा आचार्यले सो कुरा बताएका हुन्।
“देशमा खुल्लेयाम रुपमा नेपालको राष्ट्रिय जनावर गाई काटेर भोज गर्दै सामाजिक संजालमा खुशियाली मनाउँदा समेत सरकार उसलाई कार्वाही गर्नुको सट्टा उल्टै हिन्दु धर्म र आस्थावा प्रति प्रहार भो न्याय देउ, अन्याय भो भन्दा हिन्दुमाथि जुनप्रकारको प्रहरी दमन हुनुलाई हिन्दु विरुद्ध सम्पूर्ण राज्यसंयन्त्र लागेको प्रष्ट छ”- आचार्यले भने ।
अब पनि हामी धर्म संस्कार बचाउन लागि परेनौ भने यहाँका भ्रष्ट नेताहरू भोलिका दिनमा देशै बेचेर खान पछि नपर्ने दाबी गर्दै आचार्यले हिजो १० बर्षमा स्विजरल्याण्ड बनाउँछु भन्थे तर आज धर्मनिरपेक्ष गणतन्त्र आएको पनि पन्ध्र वर्ष बित्दा देश झन अर्थतन्त्र टाट पल्टिएर एसियाकै गरिब सूचिमा पहिलो नं. मा परेकोमा चिन्ता व्यक्त गर्नुभयो।
अझै हामी हिन्दुबादी कानमा तेल हालेर बस्ने हो भने भोलिका दिनमा हाम्रा सन्ततिले धिकार्ने छ्न् भन्दै चिन्ता व्यक्त गर्नुभएको थियोे । उनले सो क्रममा अब धर्मगुरुहरु तातिसक्नुभएको छ मैले पनि मधेस प्रदेशको जिम्मेवारी पाएको छु । अब पर्सा जिल्लाबाट हिन्दुराज्य बनाउन आन्दोलनको बिगुल फुक्ने बताउनुभएको छ ।
सो भेटभाटमा राप्रपाका युवा नेता किरण मान डँगोल, शम्भु घिमिरे, अवधकिशोर साह, नगीना यादव, नरेन्द्र चौरसिया, राजेश चौहान, विश्व श्वहिन्दु महासंघका केन्द्रिय सदस्य पृथ्वी झा, मधेस प्रदेश अध्यक्ष बिशाल झा, नेपाल राष्ट्रवाद संघमा आवद्ध व्यक्तित्वहरूको उपस्थिति रहेको थियोे ।