Wednesday, November 27, 2024
घरविचारसार्वजनिक चासोमेरो घरमा साइकल छैन मेरो असिस्टेन्टको कार कहाँबाट आयो ?केपी ओलीले कि...

मेरो घरमा साइकल छैन मेरो असिस्टेन्टको कार कहाँबाट आयो ?केपी ओलीले कि गोकर्ण विष्टले किनिदिएको ? : सञ्जेल

ओली सरकारलाई बिराटनगरबाट एकजना उपसचिवले कडा चुनौती दिएका छन् । विराटनगरबाट इटहरी सरुवा गरिएपछि आक्रोशित बनेका ती उपसचिवले सोमबार पत्रकार सम्मेलनै गरेर प्रधानमन्त्री, मन्त्री र सचिवलाई हाँक दिएका हुन् ।

आफूलाई भ्रष्टाचार गर्‍यो भन्ने आरोप लगाएर सुरुवा गरिएकोतर्फ संकेत गर्दै ती उपसचिवले घुस खाएको प्रमाणित गरेर देखाउन प्रधानमन्त्री ओली, श्रममन्त्री गोकर्ण विष्ट र सचिव महेश दाहाललाई समेत चुनौती दिए ।

‘नेताले कति फटाइँ गर्छ, उनीहरुलाई नै सोध्नुस्, यो ४० वर्षको अवधिमा एकजना मान्छे देखाउनोस्, जसले प्रेम सञ्जेललाई घुस खुवाएँ भन्न सकोस्,’ आक्रोशित हुँदै ती उपसचिवले भने, ‘कोही माइकालाल जन्मिएको छ ? केपी ओलीसहित !’

उपसचिव प्रेम सञ्जेल यत्तिमै रोकिएनन् । थपे– ‘मैले यहाँ लल्कारेर भन्छु, रंगशालामा आउनुस् । प्रेम सञ्जेललाई ४० वर्षको अवधिमा कहाँकहाँ म्यानुपुलेट गरियो ? कहाँ घुस खुवाइयो ?’

सञ्जेल गत असोज २५ गतेसम्म निर्वाचन कार्यालय मोरङमा कार्यरत थिए । असोज २५ गते उनी निर्वाचन कार्यालयबाट श्रम तथा रोजगार कार्यालय बिराटनगरमा सरुवा भए ।

श्रम तथा रोजगार कार्यालय बिराटनगरमा सरुवा भएको अढाइ महिना पनि नपुग्दै उपसचिव सञ्जेललाई सरकारले शुक्रबार सीप विकास कार्यालय इटहरीमा कामकाज गर्ने गरी सरुवा गरेको थियो ।

यो सरुवाप्रति असन्तुष्ट उपसचिव सञ्जेलले पत्रकार सम्मेलन नै गरेर आक्रोश पोखेका हुन् । पत्रकार सम्मेलनमा उनले भने– कुनै पनि चिजलाई भित्तासम्म लैजानुहुँदैन । सिंहले पनि धेरै आक्रमण गर्दा राँगोले सिंह मारेको रेकर्ड छ, त्यो पोजिसन नहोस् ।’

वैदेशिक श्रम स्वीकृतिमा घुस खान पाइँदैन भनेर आफूलाई सरुवा गरिएको सञ्जेलले दाबी गरे । आफ्नो सरुवा बदनियतपूर्ण भएको भन्दै उनले श्रममन्त्री गोकर्ण विष्ट र सरुवाको पूर्जी दिने सचिव महेश दहालले यसको जवाफ दिनुपर्ने बताए ।

निजामती कर्मचारी ऐन ०४९ र नियमावली ०५० अनुसार कुनै पनि कर्मचारीलाई उचित कारणबिना दुई वर्ष नपुग्दै सरुवा गर्न नपाइने उनले बताए । आफूलाई कारण नखुलाई सरुवा गरिएको भन्दै उनले यसको कानुनी उपचारसमेत खोज्ने बताए ।

उनले जिल्लाबाट श्रम स्वीकृति दिँदा भष्टाचार हुने भएकाले केन्द्रबाट अस्वीकृत भएका व्यक्तिको विवरण माग सहित पत्र पठाएका थिए ।

साभारः अनलाइन पाना

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -