२०८३ जेष्ठ ८ गते, शुक्रबार ०२:४३

क्रिश्मस मनाउने बोर्डिङ स्कूल र दलालहरुलाई हिन्दू परिषद नेपालको चेतावनी

क्रिश्मस मनाउने बोर्डिङ्ग स्कूल र दलाल माथि हिन्दू परिषद नेपालले निगरानी राख्ने
वीरगंज, ०९ पुस । पठन पाठन र शिक्षा ग्रहण गर्न गएका कलिला तथा साना बालबालिकाहरुको प्रयोग गरी विदेशी धर्म संस्कृति प्रवर्द्धन कार्यमा लागेका बोर्डिङ्ग स्कूल र दलालहरुमाथि हिन्दू परिषद नेपालले निगरानी बढाउने भएको छ ।
 
१० गते परेको क्रिश्मसको दिन पारेर देशभरीका विभिन्न निजी विद्यालयहरुले आफ्ना स्कूलमा पढ्न आउने बालबालिकालाई अनिवार्य रुपमा “शान्ता क्लज” नामक ड्रेस लगाएर उर्दी जारी गरेपछि हिन्दू परिषद नेपालले एक विज्ञप्ती जारी गर्दै सो कार्यको विरोध गरेको छ ।
 
पठन पाठन तथा शिक्षा प्रदान गर्ने उद्देश्यले संचालित विद्यालयहरुले क्रिश्चियन धर्म प्रचार गर्दै स-साना नानीहरुको दिमागमा विदेशी मौलिकता प्रवर्धन गर्ने कार्यमा लागेको समाचारहरु प्रकाशमा आएपछि हिन्दू परिषद नेपाल त्यस्ता गतिविधि विरुद्ध कडा रुपमा प्रस्तुत हुनेछ भनि विज्ञप्ती जारी गरेको छ ।
 
हिन्दू परिषद नेपालका २ नम्बर प्रदेश प्रवक्ता उमेश साह कानुले सोमबार एक प्रेस विज्ञप्ती जारी गरी क्रिश्चियन धर्म प्रचारमा लागेका बोर्डिङ्ग स्कूलहरुलाई चेतावनीसहित खबरदारी गर्नु भएको छ ।
 
विज्ञप्तीमा अगाडी भनिएको छ……
“देशभरीका विभिन्न जिल्लामा रहेका सरकारी तथा निजी बोर्डिङ्ग स्कूलहरुले यही पुस १० गते परेको क्रिश्मसका दिन विद्यार्थीहरुलाई अनिवार्य रुपमा सान्टा क्लज नामक टोपी लगाएर आउन स-साना कलिला नानी बाबु तथा विद्यार्थीहरुलाई उर्दी जारी गरेको सन्दर्भमा यस हिन्दू परिषद नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।
 
नेपालको आफ्नै मौलिक, परम्परा, रीतिरिवाज, धर्म संस्कृतिबारे कूनै पनि विद्यालयले पाठ्यक्रम वा अन्य कार्यक्रममार्फत जानकारी नगराउने, शिक्षा नदिने तर १ प्रतिशत पनि जनसंख्या नभएको, विदेशबाट आयातित धर्म संस्कृतिलाई पालना गराउन उर्दी जारी गरी शान्ता क्लजको टोपी लगाइ हिन्दू धर्म मासेर विदेशी धर्म तथा इशाइकरण लाद्न अभिप्रेरित रहेको प्रष्ट हुन आउँछ ।
 
विद्यार्थीहरुलाई पठन पाठन गराउने शिक्षालयको आडमा धर्म परिवर्तन गराउने कार्य, विदेशी धर्मको प्रचार गरिने कार्य अत्यन्त निन्दनीय भएको हुँदा यस कार्यलाई रोक्न सम्बन्धित सम्पूर्ण, विद्यालय, शिक्षक, एजेन्टहरुमा हिन्दू परिषद नेपाल आग्रह गर्दछ ।
 
जानेर वा नजानेर यस कार्यमा कतिपय आदरणीय अभिभावक ज्यूहरु समेत लाग्नु भएको हुँदा उहाँहरु सबैलाई सचेत हुन हामी अपील गर्दछौं ।
 
नेपालको देवानी संहिता २०७४ को धारा १५८ को उपधारा १२३ ले पनि नेपालमा भइरहेको धर्म संस्कृति जबरजस्ती वा प्रलोभन देखाएर परिवर्तन गराइन्छ भने त्यसलाई कानुनी कारवाही गरिने व्यवस्था छ । यदी कसैले विदेशी संस्कृति, धर्म सम्प्रदायलाई विद्यालय वा अन्य कुनै सार्वजनिक ठाउँमा प्रदर्शन गर्छ भने त्यसलाई ५ वर्षको जेल सजाय र ५० हजारसम्मको जरिवाना गरिने व्यवस्था गरिएको छ ।
 
यसर्थ नेपालको मौलिक संस्कृतिमाथि सान्ता क्लजको नाममा भइरहेको हस्तक्षेप तुरुन्त बन्द गर्न यसै विज्ञप्तिमार्फत आग्रह गर्न चाहन्छौं । यस आग्रहलाई बेवास्ता गरेर कसैले पनि विद्यालयमा कलिला बालबालिकालाई शान्ता क्लजको आडमा विदेशी परम्परा लाद्ने प्रयास गरेको पाइएमा हिन्दू परिषद नेपाल सशक्त प्रतिकारमा उत्रिने छ र त्यसबाट आइपर्ने परिणामको जिम्मेवारी सम्बन्धित शैक्षिक संस्था, दलाल वा संस्थाले हुने समेत चेतावनी दिन चाहन्छौं ।
 
जय श्री राम ।
 
उमेश साह कानु
प्रवक्ता
हिन्दू परिषद नेपाल
प्रदेश नम्बर २
 
२०७५ पुस ९ गते सोमबार

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM