२०८३ जेष्ठ ४ गते, सोमबार ०१:४४

उपरथि पाण्डे बढुवा सिफारिश

काठमाडौँ । नेपाली सेनाको युद्धकार्य महानिर्देशनालयका प्रमुख उपरथि ताराध्वज पाण्डेलाई रथि पदका लागि बढुवा सिफारिस गरिएको छ।

रथि सरोजप्रताप राणा अनिवार्य अवकाशका लागि बिदामा बसेपछि सैनिक मुख्यालयले उपरथि पाण्डेलाई रथी पद बढुवाका लागि सिफारिस गरेको हो। पाण्डे रथीमा बढुवा सिफारिस भएसँगै उनी हालका प्रधानसेनापति प्रभुराम शर्मापछि प्रधानसेनापति बन्ने लाइनमा पुगेका छन्।  नेपाली सेनाले जारी गरेको बढुवा सिफारिससम्बन्धी ७ दिने सूचनामा सैनिक सेवा नियमावली २०६९ को परिच्छेद ३ मा रहेको सरुवा तथा बढुवासम्बन्धी व्यवस्थाबमोजिम नेपाली सेनाको सैनिक साधारण सेवातर्फ रिक्त हुन आएको तीन तारे जर्नेल (रथी) मा बढुवा सिफारिसको लागि उनलाई सिफारिस गरिएको उल्लेख छ।

सेनाको दोस्रो नम्बरमा रहेका बलाधिकृतरथी सरोजप्रताप राणा आइतबार बिदामा बसेका हुन्। सेनामा राणासँगै अर्का रथी सिताराम खड्का पनि उमेर हदका कारण आगामी पुस ३ मा अवकाशमा जाँदैछन्।

प्रतिक्रिया लेख्नुहोस्

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

Live

Listen Live FM