२०८३ जेष्ठ ८ गते, शुक्रबार ०३:२८

मुनको कमाण्डर क. प्रचण्ड ! “क्रिश्चियन बिद्रोहदेखि दुल्लु बिद्रोह सम्म !”

-मोहन लामा रुम्बा

अहिले मुनको रक्सी सेवन काण्डमा नेता माधवकुमार नेपाल र प्रधानमन्त्री खड्का ओली नेपाली जनताको अगाडि सर्वाङ्ग नाङ्गो हुन पुग्यो तर नेपालमा इसाईकरणको मुख्य योजनाकार को कमान्डर जो नाङ्गिन पर्थ्यो ती चाहिँ बाहिर नै थिए नाङ्गिन पाएन !

अमेरिकाको एउटा गैरसरकारी संस्था “USD” ले सन् २००३ मा माओवादी जनयुद्ध सम्बन्धि गोप्य रूपमा एउटा बिस्तृत प्रतिबेदन तयार गरि नेपालमा माओवादी जनयुद्धको अनुसन्धान गरि पठाएको रिपोर्टमा ३ वटा कारण उल्लेख गरेको थियो, ती तीन कारण मध्ये एउटा कारण क्रीस्चियन बिद्रोह संग जोडिएको थियो।

इतिहास अलिकता पुरानै थियो 
पूर्वी रुकुमको एउटा केन्द्र थियो तकसेरा।विक्रम संवत् २०२५ सालमा नेपाल सरकारको अनुमति लिएर त्रिभुवन विश्वविद्यालय मार्फत् समर इन्स्टिच्युट अफ लिङ्ग्विस्टिक्स (सिल) ले नेपालका भाषा र भाषिकाहरुको वर्गीकरण गर्ने
सम्झौतामा हस्ताक्षर भयो। भाषाको आवरण दिए पनि यो संस्था आदिवासी भाषाहरुमा बाइबललाई अनुवाद गर्ने एउटा मिसनरी संस्था थियो।सिलका परियोजना निर्देशक डा. डेभिड वाटर्स मुस्ताङको जोमसोम हुँदै तकसेरा र पूर्वी रुकुमका अन्य गाविसहरुमा पुगे। त्यहाँ उनले खाम मगर भाषाको अध्ययन मात्रै गरेनन्, उनी र उनको परिवार त्यहीँ घर बनाएरै बस्न थाले। डा. वाटर्सले बाइबललाई खाम भाषामा अनुवाद गरे। यसैबीच सरकारसँग सम्झौताको अवधि सकियो र वाटर्स परिवारले तकसेरा छाडे। उनले गाउँ छाडे पनि उनलेे त्यहाँ बसुन्जेलमा थुप्रै खाम मगरहरु क्रीस्चियन बनाई सकेको थिए, जिल्लाको नयाँ सदरमुकाम मुसिकोटमा यो खबर पुग्यो।विश्वको एकमात्र हिन्दु अधिराज्यमा धर्म परिवर्तन गैरकानुनी थियो। पूर्वी रुकुमका मगरहरुमा धर्म परिवर्तन व्यापक रहेको खबर पाएपछि प्रमुख जिल्ला अधिकारीले अनुसन्धानका लागि प्रहरी पठाएर स्थानीय क्रिश्चियन नेताहरुलाई पक्राउ गर्ने आदेश दिइयो। नौ जनाले आफूले क्रिश्चियन धर्म परिवर्तन गरेको स्वीकार गरे, र उनीहरुलाई एक-एक वर्षको सजाय दिइयो। अरुलाई धर्म परिवर्तन गर्न लगाएको आरोपबाट भने उनीहरुले सफाइ पाए, पक्राउ परेका यी नौ जना क्रिश्चियन नेतामध्ये एकजना अहिले माओवादी पार्टी भित्र भएको प्रतिबेदनमा उल्लेख गरेको छ, र तिनै जेलमा परेकाहरु बाट ०३९ सालतिर गाउँमा एउटा पानी बाट चल्ने स-मिल खोलेको थियो, मिल दुई तले थियो, मिलको चोटामा क्रीस्चियनहरु भेला हुने भजन हुने गर्दै गरेको खबर पाएपछि २०४० सालमा उक्त मिल बन्द गराउन भनेर प्रहरी गाउँमा पुग्दा गाउँलेहरुले प्रहरीलाई समाएर जुँगा उखेल्ने,कालोमोसो दल्ने बर्दी च्यातेर पिटपाट गरेर पठाएर गाउँमा घुमाएको थियो र यसै घटनालाई प्रतिबेदनमा क्रीस्चियन बिद्रोह भनेर “USD” ले उल्लेख गरेको हो र यिनै क्रीस्चियन बिद्रोह र माओवादी बिद्रोहको साँठगाँठ बाट जन्मन पुग्यो दुल्लु बिद्रोह !!

दुल्लु बिद्रोह !!

म एकपटक सदरमुकाम भरतपुर गएको थिएँ २०६१ सालतिर होला जिल्ला प्रशासन कार्यलय अगाडि तिर सात आठ वटा बसमा एउटा बिदेशी गैरसरकारी संस्थाले चितवन जिल्लाको दुर्गम पहाडी इलाका बाट गाउँलेहरु ओसारेर ल्याएको रहेछ नागरिकता बनाउन ! म अचम्म परें ! कसरी ल्यायो होला माओवादी आधार इलाकाका मान्छेहरु सदरमुकाममा ? त्यो दुर्गम इलाकामा माओवादी बाहेकका कोही मान्छे छिर्नै सक्दैन थियो तर बिदेशी क्रीस्चियन मिसनरी हरु भने खुलेयाम चर्च बनाउदै मान्छे भेला गर्दै हिंड्थ्यो ! बल्ल अहिले आएर बुझ्दै छु “कनेक्सन” कसरी फिट हुने रहेछ भनेर !!
यही माओवादी क्रीस्चियन “कनेक्सन” सुरु भएपछि सुरु भयो नेपालमा संस्कृत पढाएको निहुँमा शिक्षकको हत्या हुने घटना देखि संस्कृति बिद्यालयमा बम विस्फोट सम्म ! पुराण लगाएको ठाउँमा पण्डितको हत्या देखि बाहुनको घरमा गोरुको मासु पकाउन लगाएको घटना सम्म भए ! हुँदाहुँदै गाउँमा काजकिरिया गर्न नदिने दसैं तिहार मान्न नदिने घरमा राखेको जमरा उखेलेर फाल्ने बाहुनको टुपी उखेल्ने सम्म गरे !

अति भएपछि दैलेख जिल्लामा पहिलोपटक दुल्लु वासीले बिद्रोह गरे त्यो बिद्रोह फैलिएर वरपरका १३ गाबिसमा फैलिएर नौ मुले सम्म पुग्यो त्यहाँ पुगेको तत्कालीन माओवादी केन्द्रिय नेता खड्का बहादुर बिश्वकर्म लाई मरणासन्न हुने गरि गाउँलेले कुटे ! माओवादीले आफुहरुको विरुद्ध महिला हरुलाई उचालेर विद्रोह गराएको भन्दै एमाले समर्थित खड्कबहादुर खड्कालाई माओवादी कार्यकर्ताले हत्यासमेत गरे तर बिद्रोह झन् फैलिदै जान थालेपछि माओवादीको हेड्क्वाटर सम्म हलचल मच्चिन थाल्यो त्यसपछि माओवादी पछाडी हट्यो “एक स्टेप डाउन” रणनीति चाल्दै स्थानीय जनताको मन जित्न दुल्लु-पीपलघारी सडक खन्ने काम पनि गर्यो, केहि जिल्ला स्तर नेताको एक तह पद पनि घटुवा गरे ! तत्कालीन जिल्ला एमाओवादी उपाध्यक्ष नयाराम थापा भन्छन्, “जनसत्ताको अति प्रयोगका कारण समस्या आयो। दसैंतिहार मनाउन नदिने, जमरा उखेल्ने, काजकिरिया गर्न नदिने, टुप्पी काटिदिनेजस्ता काम भए । त्यसबाट जनआक्रोश बढ्यो ।’ कान्तिपुर फाल्गुन २५, २०७१
दसैं तिहार मान्न नदिनु आमाबाबुको किरिया गर्न नदिनु टुपी उखेल्नु संस्कृत पाठशाला ध्वस्त पार्नु यो कुनै तल्लो तहको कार्यकर्ताको निर्णय नै होइन।
यी मौलिक धर्म संस्कृति परम्पराले माओवादी युद्धलाई तगारो लगाएको थिएन निहित उद्देश्य अर्कै थियो निर्देशन अन्तै बाट थियो अत: यि सबै माथिल्लो कमान्डरको गोप्य आदेश तल्लो तहले पालना गरेको मात्रै थियो किनकि माथिल्लो ओहदाको “कनेक्सन” अन्तै भएपछि अन्तै बाट दिएको आदेशलाई माओवादीको खोल हालेको मात्रै थियो ति गाई गोरु काटने देखि टुपी उखेल्ने हर्कत हरु सम्म !!
अमेरिकी गैरसरकारी संस्था USD ले तयार गरेको प्रतिबेदनमा माओवादी द्वन्द्वमा क्रीस्चियन बिद्रोह संग जोडिएको पात्र पनि छ भनेर “कनेक्सन” भएको रिपोर्टिङ तयार पार्नु र भारतिय लेखक राजीव माल्होत्रको नेपालमा माओवादी इसाई सँठगाँठको खुलासा गरेको ब्रेकिङ इन्डिया नामक पुस्तकमा उदृत तथ्यले देखाउँछ असली मुनको खसोखास नायक क प्रचण्ड हुन ! माधवकुमार नेपाल खड्का ओली शेर बहादुर देउवा कृष्ण सिटौला बिमलेन्द्र निधि त प्रचण्डले छोडेको टपरीमा उप्रे पाप्रेको जुठोपुरो सोर्ने मात्रै हुन् !
अत: मुलुकमा फ़ेरि सचेत नागरिकहरु बाट एकपटक दुल्लु बिद्रोह नजन्मे सम्म यहाँको धर्म संस्कृति सभ्यता माथि यस्तै छद्मभेषी हरु बाट चिथोर्ने लुछ्ने काम निरन्तर रहनेमा कुनै शंका छैन !!

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM