२०८२ माघ १७ गते, शनिबार १९:५८

समसामयिक कविता संग्रह ‘अर्को कर्नाली’ सार्वजनिक

काठमाडाैं । कवि तथा गजलकार युवराज भण्डारीको कवितासङ्ग्रह ‘अर्को कर्नाली’ सार्वजनिक भएकाे छ । लामो समयदेखि लेखनमा क्रियाशील भण्डारीको यो पहिलो कविता सङ्ग्रह हो । यस सङ्ग्रहमा भण्डारीले २०७५ सालदेखि २०८० सालसम्म लेखेका ५६ वटा समसामयिक कविताहरू सङ्कलित छन् ।

‘अर्को कर्नाली’ सङ्ग्रहमा साहित्यकार डा. नेत्र एटमले भूमिका लेखेका छन् । भूमिकाको क्रममा उनले लेखेका छन् “युवराज भण्डारीको ‘अर्को कर्नाली’मा सङ्कलित कविता समसामयिक समस्या, चिन्ता, मुद्दा र परिवेशसँग कविको भावनाले अन्तरक्रिया गरेपछि अभिव्यञ्जित आलोकका काव्यगुच्छा हुन् । यी कविता भौतिक संसार, लौकिक जीवन र अध्ययन-अनुभवका विविध स्रोतबाट माथि उठ्दै गरेको कविका गहन चिन्तनसार हुन् । उनका कविता भावावेगमा प्रवाहित छन्, जसले गर्दा तिनले पाठकको गूढ अनुभूतिलाई प्रदीप्त पार्छन् र भाषिक कलाका रूपमा कविताको पृथक् सौन्दर्यशास्त्रीय विशिष्टता स्थापित गर्छन् ।”

डुम्रिबेसी, तनहुँमा जन्मिएका युवराज भण्डारी अहिले टोरन्टो, क्यानडामा रहेर आजीविका चलाउँदै नेपाली भाषा साहित्य सिर्जनामा सक्रिय छन् । पेसाले इन्जिनियर भण्डारीका कल्पतरु, कान्तिपुर, गोरखापत्र, शाल्मलि, मधुपर्क, वैजयन्ती, फित्कौली, मुक्तक सागर, नागरिक दैनिक, साहित्य पोस्ट, समकालीन साहित्यलगायतका पत्रपत्रिकामा दर्जनौँ फुटकर रचना प्रकाशित हुँदै आइरहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88 djarum4d rajamania beb88 sritoto wongsobet
zeonslot zeonslot m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM