२०८३ बैशाख ३१ गते, बिहीबार १६:३६

बाल सुधारगृहबाट दुई कैदी फरार

वीरगंज/वीरगंजस्थित बाल सुधार गृहबाट दुई बाल कैदी फरार भएका छन्। वीरगंज महानगरपालिका–४ विर्तामा रहेको सुधार गृहबाट शुक्रबार बिहान काँडेतारको घेरा तोडेर बाल कैदी फरार भएका हुन् ।

जबर्जस्तीकरणी र कर्तव्य ज्यान मुद्दामा सुधार गृहमा रहेका दुबै जना फरार भएका पर्साका प्रहरी प्रबक्ता एवम् डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए।

फरार भएका दुबै जनाको खोजी कार्य भइरहेको उनले बताए।

वीरगंजको बाल सुधार गृहमा केही दिन पहिले कैदीबीच झडप समेत भएको थियोे। सोक्रममा बाल कैदी र प्रहरीहरु घाइते भएका थिए।

झन्डै दुई दिन सम्म बालकैदीहरुको झडप र बिरोध प्रदर्शनका कारण सुधार गृहमा तनाव भएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM