२०८३ बैशाख ३१ गते, बिहीबार १७:३४

गोलि प्रहार गरी २२ वर्षीय युवकको हत्या

वीरगंज/ बारामा गोली प्रहार गरी एक २२ वर्षीय युवकको हत्या गरिएको छ।

मांगलवार साँझ करीब ६:१० बजेको समयमा नेपाल-भारत सीमाभन्दा करिब ७०० मि. नेपालतर्फ जि.बारा पचरौता न.पा.६ लक्ष्मिनिया स्थित रहेको पोखरी नजिक भारत बिहारको जिल्ला मोतिहारी, दर्पा थाना-१ , सुक्लहिया गाँउ बस्ने रामपुकार सिंहको छोरा अं. वर्ष २२ को अजित कुमार सिंहलाई गोली हानी हत्या गरिएको खुलेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी समेत रहेका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले दिनु भएको जानकारी अनुसार मृतक अजित कुमार सिंहसँगै भारतको मोतिहारी जिल्ला, दर्पा थाना-१ सुक्लहिया बस्ने वर्ष २५ को सुजित कुमार सिंह लगाएत ऐ.ऐ. बस्ने वर्ष २४ को चञ्चल पाञ्डे, ऐ.ऐ. बस्ने वर्ष २२ को मनिष कुमार सहनी र ऐ.ऐ. बस्ने वर्ष २० को कामेश्वर सहनी दुईवटा On Test मोटरसाईकलमा नेपाल प्रवेश गरेरी जि.बारा पचरौता न.पा.६ लक्ष्मिनिया स्थित रहेको पोखरी नजिकमा पुगेपश्चात सँगै एउटै बाईकमा पछाडि बसेका सुजित कुमार सिंहले निज मृतक अजित कुमार सिंहलाई पछाडिबाट गोली प्रहार गरी हत्या गरी सोही On Test मोटरसाईकलमा भारततर्फ भागी गएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

प्रहरीले घट्नास्थलबाट एक थान गोली र एक थान गोलीको खोका बरामद गरेको तथा घट्नास्थलको सम्पुर्ण प्रारम्भिक अनुसन्धानको कार्य पश्चात शव पोष्टमार्टमको लागि नारायणी अस्पताल वीरगंज पठाईएको अन्य अनुसन्धानको कार्य भईरहेको प्रनाउ न्यौपानेले बताउनु भयो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM