Wednesday, January 8, 2025
घरविचारपौषको ठण्डी संगै केही गर्माएको नेपाली राजनीति भित्र कम्युनिस्ट ,काङ्ग्रेस र राप्रपा

पौषको ठण्डी संगै केही गर्माएको नेपाली राजनीति भित्र कम्युनिस्ट ,काङ्ग्रेस र राप्रपा

-किरण गिरी

यतिबेला नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय स्थाइ समितीको बैठकमा नेता बामदेब गौतम द्वारा प्रस्तुत बेग्लै राजनीतिक प्रतिबेदनले चर्चा पाएको छ । उनले एक ब्यक्ति एक पद को अबधारणा अगाडी सारेर अध्यक्ष एबं प्रधानमन्त्री के . पि . ओलि लाई निकै अप्ठ्यारोमा पार्न खोजेको देखिन्छ ।

नेपाली काङ्ग्रेस को काठमाडौं मा जारी महासमिति को बैठक मा ६०० भन्दा बढि महासमिति सदस्य हरुले नेपाल हिन्दु रास्ट्र हुनु पर्ने माग सहितको प्रस्ताव पेश गर्ने तयारीमा रहेका छन ।छलफल र बहस खुला भएपनी काङ्ग्रेस ले हिन्दु रास्ट्र को एजेन्डा बोक्न सक्दैन ।जननिर्वाचित प्रधानमन्त्री बि पि कोइराला लाई अपदस्थ गरि काङ्ग्रेस लाई समाप्त पार्ने काम राजा महेन्द्र ले गरेका कारण पनि काङ्ग्रेस ले हिन्दु रास्ट्रको एजेन्डा बोक्न नसक्ने काङ्ग्रेस शिर्ष नेताहरु कै दाबी छ ।हिन्दु रास्ट्र संगै ,हिन्दु राजा पुनर्स्थापना गराउने सडयन्त्र लुकेको बुझाइ उनिहरुको छ ।काङ्ग्रेस अब नेपालमा कुनै पनि प्रकारको राजा स्विकार्दैन भन्ने तथ्य उसको राजनीतिक प्रतिबेदन ले स्पष्ट पारेको छ ।तसर्थ राजा लुकेको हिन्दु रास्ट्रको पक्षमा काङ्ग्रेस आउदैन भन्ने अनुमान सर्बत्र गर्न थालिएको छ । महासमिति मा पेश गरिएको राजनीतिक प्रतिबेदन ले संबिधान ,संघीय लोकतान्त्रिक गणतन्त्र ,अग्रगमन र आर्थिक समृद्धि लाई काङ्ग्रेस ले उच्च प्रार्थमिकतामा राखेको छ । धार्मिक रुपमा स्वतन्त्र रास्ट्र को पक्षमा भने नेपाली काङ्ग्रेस उभिन सक्ने अनुमान गर्न सकिन्छ ।

यता मिल्ने अन्तिम तयारी अबरुद्ध भएपछि तिनवटै राप्रपा आ – आफ्नो संगठन सुदृढीकरण र बिस्तार को लागि जुट्न थालेका छ्न ।परंपराबादी ,रास्ट्रबादी र उदार लोकतन्त्र बादी अबधारणा बोकेको राप्रपा प्रजातिले संविधान ,जनता र परिवर्तन लाई आत्मसात गरेर तिनवटै राप्रपा एक भएर अगाडी जान सक्यो भने आगामी निर्बाचनमा मुस्किलले ३ % मत कटाउन सक्ने अनुमान सहजै गर्न सकिन्छ ।।

(पत्रकार गिरीको फेसबुक वालबाट साभार)

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -